अर्घाखाँची सिमेन्टद्वारा निर्माण सामग्रीसम्बन्धी जनचेतना



काठमाडौं, (नेस) अर्घाखाँची सिमेन्टले पोखरामा इन्जिनियरर्स, कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरूको विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा कम्पनीका तर्फबाट भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरीय निर्माण सामग्री छनोट गर्ने सम्बन्धमा अन्तरक्र्रिया भएको थियो।

कार्यक्रममा कम्पनीका इन्जिनियर विकास भट्टराईले भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरीय निर्माण सामग्री छनोट गर्ने तरिकाहरूको बारेमा पनि जानकारी प्रदान गनर््ु भएको थियो।

त्यस्तै कम्पनीका सिनियर सेल्स एन्ड मार्केटिङ मेनेजर रमेश थापाले आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाइ कार्य अगाडि बढाउनुका साथै अन्य संगठनमा पनि भूकम्प प्रतिरोधक भवन निर्माणको बारेमा तालिम तथा जानकारी मुलक कार्यक्रमको आयोजना गर्नेे जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्