रोबोटसँगको प्रेम र यौन बहस



लन्डन, (एजेन्सी) के तपाईं रोबोटसँग सहवास गर्नुहुन्छ ? के तपार्इं कुनै रोबोटसँग विवाह गर्नुहुन्छ ? के तपाईं रोबोटलाई त्यस्तो सम्बन्धलाई लिएर ‘हुन्न’ भन्ने अधिकार हुन सक्छ ? यी केही प्रश्नहरू हुन् जुन लन्डनको गोल्डस्मिथ युनिभर्सिटीमा आयोजित एउटा सम्मेलनमा उठाइएका हुन्।

‘रोबोटसँग प्रेम र यौन’ विषयमा भएको दोस्रो सम्मेलन यी मुद्दामा केन्द्रित रह्यो। उक्त सम्मेलनको आयोजना आफ्नो देशमा गर्न मलेसिया सरकारले रोक लगाएको थियो। त्यसपछि यो सम्मेलनको आयोजना लन्डनको गोल्डस्मिथ युनिभर्सिटीमा भयो।

यो सम्मेलनमा केही विवादित प्रश्नहरू उठे। आयोजनामा यौन उद्योगबाट कसैलाई सहभागी गराइएको थिएन न त कुनै सेक्स रोबोट नै प्रदर्शनमा राखिएको थियो। केहीले यस विषयलाई मुद्दा बनाएर आयोजनामाथि नै प्रश्न उठाएका थिए।

रियल डल्स क्यालिफोर्नियाको सेक्स टोय बनाउँदै आइरहेको एउटा प्रमुख कम्पनी हो। उक्त कम्पनीले अर्को वर्ष कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) भएको सेक्स डल तयार गर्न लागेको दाबी गरेको छ।

सम्मेलनको अन्त्यमा सम्बोधन गर्ने डाक्टर डेविड लेभीले लामो समयदेखि बुद्धिमान रोबोटको युगको कुरा गर्दै आइरहेका छन्। उनले सम्मेलनमा एन्ड्रोयड र मानवबीचको अन्तरंग बन्दै गइरहेको सम्बन्धको विषयमा चर्चा गरेका थिए।

उनले भने– ‘आगामि दश वर्षभित्र त्यस्तो सफ्टवेयर तयार गरिनेछ जसको मद्दतले एउटा पार्टनरसँग हुनुपर्ने सबै गुण भएको रोबोट तयार गर्न सकिनेछ। त्यसमा प्रेम, विश्वास, सम्मान र सहनशीलता जस्ता गुणहरू आउनेछ।’

उनले अगाडि भने– ‘यदि कुनै सम्बन्धले विवाद वा झै–झगडालाई मनपराउँछ र कुनै आक्रामक स्वभावको रोबोटसँग विवाह गर्न चाहन्छ भने उसले त्यसको पनि अनुभव गर्न पाउँनेछ।’ यद्यपि यस प्रकारका रोबोट पार्टनरलाई लिएर नैतिक प्रश्न पनि उठिरहेका छन्। तर डाक्टर लेभी कानुनले यस्तो रोबोटलाई मानवकै दर्जा दिनुपर्ने मान्यता राख्छन्।

रोबोटको अधिकारको मुद्दामा डाक्टर लेभीको धारणा एकतर्फी मानिएको छ। उनको धारणाअनुसार यदि रोबोटको व्यवहारले ऊ विवाह गर्न चाहन्छ भने हामीले उसको निर्णयलाई मान्नुपर्छ। अहिलेसम्म जति रोबोट मानव व्यवहारअनुसार डिजाइन गरिएका छन् ती सबै मानव नभई सहयागी व्यवहार भएका खेलौना जस्ता छन्। गोल्डस्मिथ युनिभर्सिटीकी वरिष्ठ लेक्चरर केट डेवलिनले ‘लभ एन्ड सेक्स विद रोबोट्स’ विषयक उक्त सम्मेलनमा सेक्स रोबोटको उद्योगलाई कुन दिशामा अगाडि बढाउन सकिन्छ र योसँग आउने नैतिक मुद्दा कस्तो प्रकृतिको हुन्छ भन्ने विषयमा विस्तारपूर्वक विचार गर्न सकिने बताइन्।

उनी प्रश्न उठाउँदै भनिन्– ‘यदि हाम्रो वरपर चेतनशील मेसिन छ भने हामीले कसरी त्यो चेतनशील छ भनेर थाहा पाउने। उनको चेतनशीलता कुन हदसम्म होला र हाम्रो ऊ प्रति के जिम्मेवारी हुनेछ ?
के उसँग उसको अधिकार हुनेछ ? के हामीले उनको सहमति लिएर विचार गरेरमात्र काम गर्नुपर्न हुन्छ।’

प्रतिक्रिया दिनुहोस्