शंखमूल फाइनलमा



काठमाडौं, (नेस)
जारी रेडबुल फुटसल प्रतियोगिताको उपाधि भिडन्तमा खेल्न शंखमूल फुटसल क्लब तयार भएको छ। शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली ताहाचल फुटसल क्लबसँग ७–२ हार बेहोर्नुका बाबजुद शंखमूल फाइनलमा पुगेको हो। यसअघि घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा ९–१ को फराकिलो जितले नै शंखमूललाई फाइनल पु¥याउन सहयोगी भएको थियो। शंखमूलले समग्रमा ११–८ गोल अन्तरका आधारमा उपाधि नजिक पुगेको हो।

हिजोको खेलमा ताहाचलका सुनील बस्नेतले ह्याट्रिक गरे भने सुजित बुढाथोकीले २ तथा विशाल गुरुङ र अनिल तामाङले १⁄१ गोल गरे। पराजित शंखमूलका शेरबहादुर थापामगर र विप्लवध्वज शाहले १⁄१ गोल फर्काए। शंखमूललाई हराउन महŒवपूर्ण भूमिका निर्वाह गरेका ताहाचलका गोलकिपर विशाल गुरुङ खेलको म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। त्यसै गरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रायोजक रेडबुल रहेको छ भने फग बडी स्प्रे, जेडटीई मोबाइल सहप्रायोजक रहेका छन्। लिगको फाइनल खेल आगामी जनवरी ७ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्