एपीएफको फराकिलो जित



नेपाल समाचारपत्र
धरान
राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरानमा जारी पुरुष फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा नेपाल एपीएफ र नेपाल आर्मी क्लब विजयी भएका छन्।

विभागीय टोली एपीएफले मध्यपश्चिम क्षेत्रलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै तीन अंक जोड्यो। सशस्त्रका लागि युवराज खड्का एक्लैले ४ गोल गरे। यसै गरी रञ्जन विष्ट, श्याम नेपाली र राजेन्द्र रावलले १⁄१ गोल गरे। एकतर्फी खेलमा मध्यपश्चिमका कप्तान चेतन थारूले आत्मघाती गोल गरे।

अर्को खेलमा आर्मीले डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिमलाई १–० को गोलअन्तरले स्तब्ध पा¥यो। टोलीका लागि सुमन अर्यालले निर्णायक गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्