राष्ट्रपति डुटेर्टेले फेरि अपशब्द बोले



न्युयोर्क, (एजेन्सी)
फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुटेर्टेले शुक्रबार आफूमाथि लागूऔषध कारोबारी तथा प्रयोगकर्ताहरूको हत्या गरेको सम्बन्धमा छानबिन गर्न खोजेको भन्दै संयुक्त राष्ट्र संघका मानव अधिकार निकायका प्रमुखलाई अपशब्द बोलेका छन्। ७१ वर्षीय डुटेर्टले लाजै नमानी संयुक्त राष्ट्र संघका अधिकारी जेइद राद अल हुस्सेनमाथि त्यसरी दुव्र्यवहार गरेका हुन्।

डुटेर्टेले उनलाई सम्बोधन गर्दै भनेका छन्– ‘तिमी यस कार्यालयका कर्मचारी मात्र हौ। यहाँको सम्पूर्ण खर्चपानी संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले बेहार्ने गरेका छन्। तिमी एक पटमूर्ख शासकजस्तै फुर्ती लगाएर हिँड्छौ। जाऊ फेरि विद्यालयमा पढ्न जाऊ।’

‘तिमीलाई कूटनीतिबारे केही पनि थाहा छैन। तिमीलाई संयुक्त राष्ट्र संघको एक कर्मचारीको हैसियतले कसरी व्यवहार गर्नुपर्छ भन्ने पनि थाहा छैन। तिमीले मसँग त्यसरी कुरा नगर, कुकर्नीको छाउरो।’ उनी यसअघि पनि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई यस्तै अपशब्द बोलेर बदनाम भएका थिए।

यद्यपि उनले पछि आफ्नो दुव्र्यवहारका लागि क्षमायाचना गरेका थिए। उनले अझै आक्रोशित हुँदै भनेका छन्– ‘म संयुक्त राष्ट्र संघमा एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र सदस्यको प्रतिनिधि हुँ।’

‘तिमी चुपलाग किनभने तिम्रो बुद्धि नै छैन। तिमी त नियुक्त भएको एक कर्मचारी मात्र हौ। यत्ति भए पुग्यो?’ –डुटेर्टेले यदि उनी फिलिपिन्समा आएको खण्डमा उनको गाला चड्काउने समेत धम्की दिएका छन्। उनी सत्तामा पुगेयता लागूऔषध कारोबार नियन्त्रण अभियानको नाममा करिब ६ हजार मानिस मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्