सेन्ट्रल फाइनान्सले लाभांश दिने



काठमाडौं, (नेस)
सेन्ट्रल फाइनान्सको २०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २२ दशमलव प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बोनश शेयर जारी पश्चात संस्थाको चुक्ता पुँंजी ३० करोड २२ लाख ७८ हजार रुपियाँ पुग्नेछ। उक्त साधारणसभाले सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स एक आपसमागाभ्ने गाभिने (मर्ज) सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। मर्जपश्चात कम्पनीको नाम सेन्ट्रल फाइनान्स लिमिटेड रहने र चुक्ता पुँंजी ५२ करोड ७ लाख रुपियाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्