विमानस्थलमा विशेष ट्वाइलेट पेपर



टोक्यो, (एजेन्सी)
जापानको राजधानी नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जाने जोकोहीले अब शौचालय प्रयोग गरिसकेपछि एउटा विशेष प्रकारको ट्वाइलेट पेपरले आफ्नो स्मार्टफोन पनि पुछ्न पाउने भएका छन्।

त्यहाँका शौचालयमा अबदेखि स्मार्टफानेलाई किटाणुरहित पार्ने ट्वाइलेट पेपरको व्यवस्था हुने भएको छ। जापानी मोबाइल कम्पनी एनटीटी डोकोमोले निःशुल्क उपलब्ध गराउने सो पेपरमा कम्पनीको पब्लिक वाइफाइ नेटवर्क र स्मार्टफोन ट्राभल एपबारे विस्तृत विवरण उल्लेख गरिएको छ।

सामाजिक संजाल प्रयोगकर्ताहरूले यस योजनलाई आश्चर्य मान्दै हँसिमजाकको रूपमा प्रतिक्रिया जनाएका छन्।

आगामी वर्षको मार्च महिनासम्म विमानस्थलका सातवटा शौचालयमा सो पेपरको व्यवस्था हुने एनटीटी डोकोमोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्