पुलिस र मध्यमाञ्चलको जित



सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहिबारदेखि शुरू भएको पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र मध्यामाञ्चलले तीन⁄तीन अंक जोडेका छन्।

धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा पहिलो खेलमा पूर्वाञ्चललाई २–१ गोलअन्तरले हराएर पुलिसले ३ अंक जोडेको हो। पुलिसका लागि सुमन लामाले १९औं मिनेटमा र बुद्ध लामाले ३१औं मिनेटमा गोल गरेका थिए। पूर्वाञ्चलका तर्फबाट दीपक राईले दोस्रो हाफको ९ मिनेटमा १ मात्र सान्त्वना गोल गरेका थिए।

बिहीबारै भएको दोस्रो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई पराजित गर्दै ३ अंक जोडेको छ। पश्चिमाञ्चललाई ३ गोल अन्तरले पराजित गर्दै मध्यमाञ्चलले ३ अंक जोडेको हो। मध्यमाञ्चलका लागि निरबहादुर आलेमगरले दोस्रो हाफको १९औं मिनेटमा, रमेश बड्तौलाले दास्रो हाफकै ३२औं मिनेट र श्याम बाबुले ३९औं मिनेटमा गोल गर्दै आफ्नो टिमको जित निश्चित गरेका थिए।

खेलाडी आक्रोशित

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरू हुन एक दिनअगाडि नै शुरू भएको फुटबल प्रतियोगिताको फितलो व्यवस्थापनका कारण खेलाडीहरू आक्रोशित बनेका थिए। खेलाडीका लागि पानीको व्यवस्था नभएको तथा घाइते हँुदासमेत खेलाडीलाई मैदानबाहिर ल्याउन स्टेचरलगायतका सुविधासमेत नभएको भन्दै खेलाडीहरू आक्रोशित भएका थिए।

महिला फुटबल
दुहवीमा जारी महिला फुटबलको अन्तिम लिगमा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले सान्त्वना जित हात पारेका छन्। सेमिफाइनलको समीकरण बुधबार नै पूरा भए पनि लिगअन्तर्गत बिहीबार भएको खेलमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १–० गोल अन्तरले हरायो। विजेता टोलीका लागि हेमा चौधरीले ३२औं मिनेटमा गोल गरिन्। यसै गरी दोस्रो खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २–१ ले हरायो। मध्यामाञ्चलका लागि आशा माझी र मञ्जु चौधरी गोल गरे। पूर्वाञ्चलका लागि मुना लावतीले गोल गरिन्।

प्रतिक्रिया दिनुहोस्