विप्लव माओवादीको बन्दले नागरिकलाई सास्ती



बन्द गराउँदै हिँडेका १४ माओवादी कार्यकर्ता पक्राउ

काठमाडौं, ७ पुस ।
विप्लव माओवादीले आह्वान गरेको बन्दले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ । इन्धनको मूल्य बृद्धिको विरोध गर्दै विप्लव नेतृत्वको माओवादीले बिहिबार काठमाडौं उपत्यकामा बन्द आह्वान गरेको हो ।

निजी सवारी साधन छिटफुट रुपमा गुडे पनि सार्वजनिक सवारी साधान भने चल्न सकेको छैनन् । जस्ले गर्दा जागिरेहरु हिँडेरै आफ्नो गन्तव्यतिर लागिरहेका छन् ।   रिंगरोडमा सार्वजनिक यातायातका साधन निर्वाध चलिरहेका भए पनि कतिपय भित्रीरुटमा सार्बजनिक यातायातका साधन कम चलेका छन् ।

सफा टेम्पो, माइक्रो बस र ट्याक्सीहरु फाट्ट फुट्ट चलिरहेका छन् । चार पांग्रे निजी सवारी साधन अघिल्लो दिनको तुलनामा कम चले पनि मोटरसाइकलहरु निर्वाध चलिरहेका छन् । साझा बसले सधैं जस्तै आफ्नो सेवा जारी राखेको छ । शिक्षण संस्था बन्द भए पनि बजार, पसल भने फाट्ट फुट्ट खुलेका छन् ।

अघिल्लो पटकको बन्दहरुमा जस्तै सडकमा बन्द कर्ताहरु देखिदैन भने छिटफुट कार्यकर्ता मात्रै देख्न सकिन्छ । प्रहरीले सवारी आवागमनमा अवरोध गर्न खोज्ने १२ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्