अन्तर्राष्ट्रिय कार र्याली हुने



काठमाडौं, (नेस) हिमालयन ड्राइभ पाँचौ अन्तर्राष्ट्रिय कार र्याली हुने भएको छ। चैत १४ गतेदेखि १९ गतेसम्म चल्ने त्रि–देशीय र्यालीमा नेपाल, भारत र भुटानको सहभागी हुने आयोजक जस्ट स्पोर्टज र नासा इस्टले जनाएको छ।

सो र्यालीमा ६० वटा चार पांँग्रे सवारी साधनको सहभागिता रहने छ। ‘पिपुल टु पिपुल कनेक्टिभिटी र ‘ड्राइभ टुरिजम, स्पोर्टस टुरुजम थर्ट मनिटरिङ स्पोर्टस’ लामा आत्मसाथ गर्दै भुटान, भारत र नेपाल को व्यक्ति, संस्कृति, पर्यटन र व्यावसायीहरूबीच आपसी समन्वय विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रमले ट्राफिक नियमको पालना गरी रोड सुरक्षा सम्बन्धी सूचना दिने पनि नेपाल अटोमोवाइल एसोसिएसनले जनाएको छ।

सो र्यालीमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको विशेष सहयोगमा हुने बताइएको छ। भारत बाट शुरू हुने र्याली भुटान हँुदै नेपालको पशुपति नगरको बाटो भएर बिर्तामोड, इटहरी हुँदै धनकुटाको हिलेमा पुग्ने र विराटनगरको महेन्द्रचोक हुँदै सिलगुढीमा समापन हुने एसोसिएसन ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्