चीनमा नेपाललाई तेस्रो स्थान



काठमाडौं, (नेस)
चीनको बेइजिङमा भएको प्रथम उत्तरपूर्वी एसियन आईटीएफ तेक्वान्दो च्याम्पियसिपमा नेपाल तेस्रो भएको छ। सो च्याम्पियनसिपमा दुई रजत र दुई कांस्य पदकका साथ नेपाल तेस्रो भएको अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए। डिसेम्बर १५ देखि २० सम्म भएको च्याम्पियनसिपमा नेपालले अनुशासित टिम अवार्डसमेत हात पार्यो। कुल १० राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा उत्तर कोरिया टिम च्याम्पियन र आयोजक चीन दोस्रो भएका थिए।

नेपालले व्यक्तिगतर्फ एक रजत र दुई कांस्य तथा टिम इभेन्टमा एक रजत जितेको छ। टिम फाइट फाइनलमा उत्तर कोरियासँग पराजित भएको नेपाली टोलीमा पुरन केसी, सुनिल बस्नेत, नाम्गेल तामाङ, रवीन मगर र शिव पाण्डे थिए।

प्रतिक्रिया दिनुहोस्