३ सय ४ इलेक्टोरल मतसहित ट्रम्प राष्ट्रपतिमा निर्वाचित



वासिङ्टन, (एजेन्सी)

सोमबार इलेक्टोरल कलेजको मतदानमा विजयी हुँदै अर्बपति डोनाल्ड ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति बन्ने सुनिश्चित भएको छ। अनगिन्ती प्रदर्शकारी र केही आस्थाविहीन इलेक्टोर्सका बाबजुद ट्रम्प सोमबार सम्पन्न इलेक्टोरल कलेजको मतदानमा आवश्यक बहुमत पूरा गर्दै विश्वको एक मात्र महाशक्ति अमेरिकाको सर्वाेच्च पद राष्ट्रपतिमा औपचारिक तबरमा निर्वाचित भएका छन्।

ट्रम्प विरोधीहरूले रिपब्लिकन इलेक्टरहरूलाई राष्ट्रपति निर्वाचित ट्रम्पको चयन नगराउनका लागि गरेको प्रयास व्यावहारिक रुपमा निरर्थक सावित भयो भने परम्परागतरुपमै त्यसले आफ्नो प्रक्रियालाई पूरा गर्यो। नोभेम्बर ८ मा ट्रम्पको विजयपछि राष्ट्रिय लोकप्रिय मतमा विजयी भएकी डेमोक्रइट हिलारी क्लिन्टनको पक्षमा सघनरुपमा धेरै प्रयासहरू थाले तर त्यसको कुनै लाभ भएन।ट्रम्पका रिपब्लिकनभित्रकै प्रतिद्वन्द्वीमध्येका एक ओहायोका गभर्नर जोन कासिकले पनि यो समयमा निर्वाचित राष्ट्रपतिलाई साथ दिनुपर्ने बताउँदै ट्रम्पसँगको विवादलाई विसर्जन गरे।

हामी एकता चाहन्छौं, हामी प्रेम चाहन्छौं। –राज्यसभाको समारोहमा ट्रम्पको समर्थनमा ओहायोका इलेक्टोरहरूले मतदान गरिरहँदा कासिकले बताए। सोमबारको मतदानमा ट्रम्पले ३ सय ४ इलेक्टोरल मत हासिल गरे भने क्लिन्टनको पक्षमा १ सय ६९ मा सीमित रह्यो। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल कलेजको मत पर्याप्त हुन्छ। दुई जना रिपब्लिकन इलेक्टरले विरोधमा मत दिएका भए पनि ट्रम्पलाई सबैभन्दा बढी टेक्ससले मत प्रदान गर्यो।

चुनावी नतिजाप्रतिको असन्तुष्टिलाई लिएर देशव्यापीरुपमा राज्यका राजधानीहरूमा हजारौंले सोमबार प्रदर्शन गरे। उनीहरूले रिपब्लिकन इलेक्टरहरूलाई उनीहरूको पार्टीबाट विजयी भएका उम्मेदवारलाई त्याग्नका लािग आग्रह गरिरहेका थिए।

पेन्सिल्भेनियाको राजधानीमा बरफ जम्ने तापक्रममा पनि २ सयभन्दा बढी प्रदर्शनकारीहरूले ट्रम्प चाहिँदैन, केकेके चाहिँदैन, अमेरिकालाई फासिस्ट चाहिँदैन र राष्ट्रद्रोह चाहिँदैन, ट्रम्प चाहिँदैन जस्ता नाराबाजी गरेका थिए।
सबै रिपब्लिकन पक्षका राज्यहरूमा ट्रम्पले टेक्ससबाट मात्र दुई इलेक्टरलाई गुमाए भने क्लिन्टनले वासिङ्टन स्टेटबाट ४ इलेक्टरलाई गुमाइन्। उनको पक्षका ४ इलेक्टरमध्ये तीन जनाको मत पूर्वविदेशमन्त्री कोलिन पावेल र एक मत आदिवासी अमेरिकी नेता फेथ स्पोटिड इगललाई गएका छन्।

प्रतिनिधिसभामा राज्यबाट हुने प्रतिनिधि संख्या र प्रत्येक सेनेटरमा थप एकका आधारमा संख्या निर्धारण गरी इलेक्टोरल कलेजमा ५ सय ३८ सदस्य रहने व्यवस्था गरिएको छ। यसमा डिस्ट्रिक्ट
एको छ।

प्रतिक्रिया दिनुहोस्