राष्ट्रपति पार्ककी मित्र चोई अदालतमा उपस्थित



सोल, (एजेन्सी)

महाअभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन ≈येका निकतटम मित्र चोई सुन सिललाई सोमबार अदालतमा पेस गरिएको छ। सरकारी वकिलहरूले उनीविरुद्ध पार्कसँगको आफ्नो सम्बन्धलाई दुरुपयोग गरी चोईले आफूले सञ्चालन गर्दै आइरहेका दुईवटा गैरआयमूलक संस्थाका लागि दक्षिण कोरियाका ठूलठूला कम्पनीबाट लाखौं अमेरिकी डलर सहयोगस्वरुप प्राप्त गरेको अभियोग लगाइएको बताएका छन्।

यसरी प्राप्त गरेको रकम उनले आफ्नो निजी प्रयोजनमा लगाएको बताइएको छ। यस काण्डको कारण राष्ट्रव्यापी विरोध हुनुको साथै यसै महिनाको शुरुमा पार्कविरुद्धको महाअभियोगमाथि संसद्मा मतदान भएको थियो। मुद्दा शुरु हुनुअघिको प्रारम्भिक सुनुवाइका लागि उनी अदालतमा उपस्थित भएकी हुन्। गत अक्टोबरयता चोई पहिलो चोटी सार्वजनिक भएकी हुन्।

उनका वकिलहरूले यस सुनुवाइ क्रममा उनको उपस्थितिको अनिवार्यता नभए पनि उनले सहयोग गरेको बताएका छन्। शान्त र स्थिर मुद्रामा अदालतमा देखापरेकी उनले आफूले मुद्दामा सत्यतापूर्वक साथ दिने बीबीसीलाई बताएकी छिन्। तर उनले आफूविरुद्ध लगाइएका धोखाघडी र पदीय शक्तिको दुरुपयोगलगायतका सम्पूर्ण अभियोग अस्वीकार गरेकी छिन्।
यसै महिना भएको संसदीय अनुसन्धानको क्रममा व्यापारिक नेताहरूले चोइको फाउन्डेसनका लागि पैसा दिएको स्विकारेका थिए। सामसुङलगायत व्यापारिक कम्पनीहरूले सरकारका तर्फबाट सहयोगका लागि गरिएको अनुरोध टाल्न कठिन हुने बताएका थिए।

पार्कविरुद्ध संसद्ले पारित गरेको महाअभियोगबारे संवैधानिक अदालतले निर्णय दिन बाँकी नै छ। यदि संवैधानिक अदालतले उक्त संसदीय निर्णयलाई सदर गरेको खण्डा पार्क पदबाट स्वतः हट्नेछिन्। त्यस्तो स्थितिमा नयाँ राष्ट्रपतिका लागि दुई महिनाभित्र चुनाव गराइनुपर्ने हुन्छ। अहिले प्रधानमन्त्री ≈वांग क्यो–आ≈न दक्षिण कोरियाका अन्तरिम राष्ट्रपति रहेका छन्।

प्रतिक्रिया दिनुहोस्