रोनाल्डोको ह्याट्रिकमा रियल च्याम्पियन



लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा स्पेनिस महारथी क्लब रियल मेड्रिडले फिफा क्लब वल्र्ड क्लबको उपाधि जितेको छ।आइतबार भएको फाइनलमा रियल मेड्रिडले जापानको एसियाली क्लब च्याम्पियन कासिमा एन्टलर्सलाई ४–२ अन्तरले पराजित गरेको हो।

जापानको योकाहामास्थित निसान स्टेडियममा भएको सो खेलमा रियल मेड्रिडले खेलको नवौं मिनेटमा नै अग्रता लिएको थियो। तर पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले गोल फर्काएपछि मध्यान्तरसम्म दुवै टोली १–१ को स्थितिमा रह्यो। खेलको ५२औं मिनेटमा भने कासिमाले नै गोल गर्दै अग्रता लियो। तर ६०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। निर्धारित ९० मिनेट सकिनै लाग्दा जापानी टोलीले गोल गर्दै उपाधि जित्ने राम्रो मौका पाएको पनि उसका खेलाडीले बललाई सही दिशा दिन सकेन।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपियो। जसको ९७औं मिनेटमा रियलको गोल संख्या तीन पुर्याएका रोनाल्डोले १ सय ४ं मिनेटमा ह्याट्रिक पूरा गरे। योसँगै रियल मेड्रिड यस वर्षको फिफा क्लब वल्र्ड क्लब च्याम्पियन बन्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्