भारतीय चलचित्रमाथिको प्रतिबन्ध फुकुवा



इस्लामावाद, (एजेन्सी)

पाकिस्तानका अधिकांश सिनेमाघरले गत सेप्टेम्बरमा भारतसँगको पाकिस्तानी सम्बन्ध चिसिएका कारण भारतीय चलचित्र प्रदर्शनमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आइतबार सहमत भएका छन्। विवादस्पद काश्मीरी भूभागको कारण सैनिक तनाव चर्किंदा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो।

केही भारतीय चलचित्र निर्माताले पाकिस्तानी कलाकारहरूमाथि बलिउड चलचित्रमा काम गर्न प्रतिबन्ध लगाएपछि पाकिस्तानमा भारतीय चलचित्र बहिष्कार गरिएको थियो। बलिउड निकै लोकप्रिय रहेको पाकिस्तानमा सो प्रतिबन्धका कारण नाटकीय ढंगले ह्वात्तै राजस्व घटेको थियो।

उक्त प्रतिबन्धलगत्तै भारत अधीनस्थ काश्मीरमा हिंसा चर्केको थियो। यसअघि सन् १९६५ मा भारत–पाकिस्तान युद्धका बेला पनि त्यहाँ भारतीय चलचित्र प्रतिबन्धित भएको थियो। सो प्रतिबन्ध सन् २००८ मा मात्र फुकुवा भएको थियो।

चलचित्र वितरक र सिनेमाघर मालिकहरूले सोमबारदेखि भारतीय चलचित्र प्रदर्शन शुरू गरिने जानकारी दिएका छन्। मुश्लिम बाहुल्य काश्मीर दशकौंदेखि भारत र पाकिस्तानबीचको विवादको विषय बन्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्