दक्षिणकालीमा दुर्घटना, एक विद्यार्थीको मृत्यु



काठमाडौं, लतितपुर जावलाखेलको क्यारावियन कलेजका विद्यार्थी चढेको वस दक्षिणकाली नगरपालिका–११ फर्पिङ कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब एक सय फिट तल खसेर दुर्घटना भएको छ ।

दुर्घटनामा १२ कक्षाका १८ वर्षीय विद्यार्थी युवराज खत्रीको मृत्यु भएको छ । २३ जना विद्यार्थी घाइते भएका छन् ।

बा २ ख ६९२२ नम्बरको गाडी पिकनिकका लागि दक्षिणकाली जाँदै गर्दा दुर्घटना परेको प्रहरीले जनाएको छ ।

कलेजका प्रमुख विष्णु शर्माका अनुसार घाइतेहरु केहीलाई फर्पिङस्थित मनमोहन अस्पताल र दुईजनालाई बीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ ।

शनिबारको छुट्टीमा रमाइलो गर्न पिकनिक हिँडेका विद्यार्थीहरु आफैंले पिकनिक आयोजना गरेको शर्माको भनाइ छ ।

विद्यार्थीहरुका साथमा होस्टेलका वार्डेन पनि थिए ।

प्रतिक्रिया दिनुहोस्