वल्र्डलिंकको नयाँ स्किम



काठमाडौं, (नेस)ं
वल्र्डलिंक कम्युनिकेसन्सले दुई एमबीपीएस गतिको इन्टरनेट सस्तोमा उपलब्ध गराउने भएको छ। कम्पनीले दुई एमबीपीएस अनलिमिटेड प्लान ११५० रुपियाँमा उपलब्ध गराउने भएको हो। ग्राहकले यस्तो स्किममा एक वर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निःशुल्क फाइवर राउटर प्राप्त गर्ने छन्।

यस्तै वल्र्ड लिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेवामा समेत अफर ल्याएको छ। इन्टरनेटको माध्यमबाट सबै प्रकारको टिभी हेर्न सकिने नयाँ प्रकारको सुविधा उपलब्ध गराउँदै आएको वल्र्डलिंकले एक महिनाको आइपिटिभी सेवा खरिद गर्ने नयाँ ग्राहकलाई थप दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने भएको छ। यसरी ग्राहकले एक महिनाको सेवा सुल्क तिरेर तीन महिना टिभी हेर्न पाउने छन्। यस सेवामा ग्राहकले एक महिनाको ४ सय ५० रुपियाँ शुल्क तिर्नुपर्नेछ।

आइपिटिभी सेवा जडान गर्दा नयाँ ग्राहकले सेटअप बक्स र इन्स्टलेसन शुल्क भने तिर्नुपर्ने छ। आइपी टिभी नेपालमा पछिल्लोपटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो। यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन्। यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन्। आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ। वल्र्डलिंकले २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ। कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन्।

प्रतिक्रिया दिनुहोस्