पूर्व राजा विष्टको निधन



८४ वर्षको उमेरमा पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टको निधन भएको छ। उनको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको थियो । लामो सामयदेखि उच्च रक्तचाप र युरिक एसिडबाट पीडित अबस्थामा रहेका विष्टको शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
परिवारसहित बौद्ध बस्दै आएका उनी आधा नेपाली र आधा तिब्बती भाषा बोल्थे। जनताका समस्याहरु धैयतापूर्वक सुन्ने र सहयोग गर्ने व्यवहारका कारण उनी उपल्लो मुस्ताङमा निकै लोकप्रिय थिए।
२०६३ को जन आन्दोलनले राजा संस्था हटायो । राजाको भूमिका बैधानिक रुपमा नभएता पनि उनलाई मुस्ताङवासीले सम्मना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्