पदक विजेताको स्वागत



काठमाडौं, (नेस)

हंगेरीमा भएको ओपन सितोरियो कराते वल्र्ड कपका पदक विजेता नेपाली कराते खेलाडीलाई नेपाल कराते महासंघले बिहीबार स्वागत गरेको छ। आइतबार सम्पन्न प्रतियोगिताअन्तर्गत पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाए। त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० केजीमा अनु अधिकारीले रजत जितेका थिए। कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतले खेलाडीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

प्रतिक्रिया दिनुहोस्