जर्मन रक्षामन्त्रीले हिजाव लगाइनन्



रियाद,(एजेन्सी)

जर्मनीका रक्षामन्त्री साउदी राजकुमारसंगको भेटघाटको क्रममा मुश्लिम महिलाहरुले परम्परागत रुपमा लाउँदै आएको टाउको छोप्ने हिजाव लगाउन अस्विकार गरेकी छिन् । रक्षामन्त्री उर्सुला भोन डर लेयनले महिलाहरुसंग पनि कुन पोशाक लगाउने भन्ने अधिकार पुरुषहरुको जत्तिकै भएको बताउँदै हिजाव लगाउन अस्विकार गरेकी थिइन् ।

साउदी अरेवियाको राजधानी रियादमा बुधवार उप राजकुमार मोहमद विन सलमान अल साउदसंगको भेटवार्ताको क्रममा उर्सुलाले हिजाव र सम्पुर्ण शरिर ढाक्ने पोशाक अवाया लगाउन अस्विकार गरेको स्पुत्निक इन्टरनेसनल न्युजले जनाएको छ ।

उनको भनाइलाई उदरित गर्दै डास विल्डले लेखेको छ, ‘ आफुले के लगाउने भन्ने अधिकार महिला र पुरुषलाई वरावर छ । महिलाहरुलाई अवाया लगाउन दवाव दिइएको मलाई मन पर्दैन । ‘ तर उनले हिजाव नलगाएको विषयलाई लिएर केहि साउदीले ट्विटरमा उनको आलोचना गरेका छन् ।

एकजनाले लेखेका छन्, ‘ रक्षामन्त्रीले जानीजानी हिजाव नलगाएर साउदी अरेवियाको अपमान गरेकी छिन् । ‘ केहि समय अघिमात्र जर्मनीका चान्सलर एन्जेला मर्केलले जर्मनीमा बुर्कामािथ प्रतिवनध लगाउन आब्हान गरेकी थिइन् । केहि समय अघि फ्रान्समा पनि मुश्लिम महिलाहरुले लगाउने बुर्कालाई सार्वजनिक स्थलमा प्रतिवन्ध लगाउने सरकारी प्रयास निकै विवादमा परेको थियो । मुश्लिम समुदायले उक्त प्रयासको कडा आलोचना गरेको थियो । मानवअधिकारवादी समुहहरुले समेत उक्त समुदायलाइृ साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्