६३ बर्षदेखि बालुवा खाँदै वृद्ध



बाराणसी (एजेन्सी)

१५ बर्षकी कुसमावतीलाई एक पटक पेट दुख्दा एकजना वैद्यले उनलाई बालुवा मिलाएर गाईको दुध पिउन भनेका थिए।

कुसमावतीको रोग त निको भयो तर उनलाई बालुवा खाने नसा नै बस्यो। वाराणसीको चोलापुर ब्लकका कटारी गाउकी कसमावती अहिले ७८ बर्षकी छिन् र उनले विगत ६३ बर्ष देखि वालुवा खाने गर्दै आइरहेकी छिन्। उनको यो लत ६ दशक भन्दा धरै भइसकेको छ।

कुसमावतीको विवाह भयो, फेरी दुई छोर र एकजना छोरी भए। तर उनको प्रत्यक दिन वालुवा खाने क्रम जारी छ। अहिले उनका नातिनातिना पनि भइसकेका छन र उनीहरूको जिम्मेवारी भनेको आफनी हजुर आमाका लागि वालुवाको ब्यवस्था गर्नु। धेरै पटक छिमेकीहरूले पनि उनलाई वालुवा दानमा दिने गरेका छन्।

कुसमावती पुर्ण रूपमा स्वस्थ छिन्। न त उनलाई चस्मा लगाउनु परेको छ, नत कुप्री नै भएकी छिन्। उनी खेतिको काममा पनि त्यतिकै सक्रिय छिन्। धान, गहँु बाली काट्नु, उखु टाछ्नु, बस्तुलाई चारा तयार पार्नु र २० किलोसम्मको भार उठाएर कुखुरालाई खुवाउनु उनको दिन चर्या नै हो। कुसमावतीले दिनभरीमा २ सय ५० ग्राम देखि एक किलो सम्म वालुवा खाने गरेको दावी गर्छिन्। खानु अगाडी उनी त्यसलाई राम्रोसँग पखाल्ने गर्छिन् र घाममा सुकाउँछिन्। त्यसमा रहेको गिर्खा तथा ढुंगा केलाउँछिन्। सुत्नु अगाडी र विहान उठेपछि वा निद्रा टुट्यो भने पनि उनलाई वालुवा चाहिन्छ।

उनले आफनो लतलाई लिएर एउटा घटना सुनाइन– एक चोटी छिमेकीको घर बनाउनका लागि बालुवा ल्याएको थियो। मलाई आज सम्म त्यो जस्तो मिठो बालुवा जीवनमै खान पाएको छुइन। केहि दिनमै मैले दुई देखि तीन बोरा बालुवा खाएकी थिएँ। कसैलेपनि त्यो कुरा थाहा पाएन किनभने मैले सोधभर्नाका लागि घरबाट बालुवा लगेर राख्थेँ।

कुसमावतीका नाती सुन्दरमले भने– मैले त बच्चैदेखि मेरी हजुरआमाले बालुवा खाएको देखेको छु। उनी पुर्ण स्वस्थ्य छिन्। गत बर्ष एक पटक मात्र उनी विरामी भएकी थिइन्। काशी हिन्दु विश्वविद्ययालयको मनोरोग चिकित्सा विभागका अध्यक्ष प्रो. सञ्जय गुप्ताको मान्यता छ– यो पाइका नामको विरामी कै रूप हो जसमा खान नहुने चिज पनि मान्छेले खान थाल्छ। यो रोगी नहुनु भनेको सायद उनले बालुवाबाटै आफ्नो सरीरलाई चाहिने कमी पुरा गरिरहेको हुन सक्छ।
मेडिकल साइन्समा नसल्टिएका धरैकुराहरू भएको र त्यसैभित्र कुसमावतीको घटना पनि परेको उनले स्विकार गरे।

प्रतिक्रिया दिनुहोस्