विश्वको सबैभन्दा शक्तिशाली ब्यक्ति पुटिन



न्युयोर्क (एजेन्सी)

फोब्र्स पत्रिकाले यस बर्षको सबैभन्दा शक्तिशाली ब्यक्तीका रुपमा रुसी राष्टपति भ्लादिमिर पुटिनलाई चयन गरेको छ । पत्रिकाले बार्षिक रुपमा निकाल्दै आइरहेको सबैभन्दा शक्तिशाली ब्यक्तीहरुको सुचीमा पहिलो स्थानमा पुटिन रहेको छ भने दोस्रो स्थानमा अमेरिकी निर्वाचित राष्टपति डोनाल्ड ट्रम्प परेका छन् ।

विश्व राजनितिमा पुटिनको दबाव पुर्ण प्रभावलाई लिएर फोब्र्सको सुचीमा प्रथम स्थान ओगट्न सफल भएको जनाइएको छ । पछिल्लो चरणमा अमेरिकी चुनाव, सिरियाली गृहयुद्धमा रुसी सैन्य कारवाहीले पाएको सफलता तथा अन्य मामिलामा रुसको दबावपुर्ण नितिमा पुटिन छाएको देखिन्छ ।

पत्रिकाले पुटिनलाई शक्तिशाली १० जनाको सुचीमा लगातार चौठो बर्ष पहिलो स्थान दिएको छ । यस सुचीमा तेस्रो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् भने चौठो स्थानमा चीनका राष्टपति सी जिनपिन परेका छन् । त्यसैगरी पाँचौ स्थानमा पोप फ्रान्सिसलाई राखेको छ ।

सुचीको पहिलो १० शक्तिशाली ब्यक्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि परेका छन् । सन् २०१६ का सबैभन्दा शक्तिशाली ब्यक्तीहरुको यस सुचीमा मोदीलाई नवौं स्थान दिइएको छ । पत्रिकाले मोदीकाबारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफनो देशका १ अर्ब ३० करोड जनताका बीच विशेष लोकप्रिय रहेको उल्लेख गरेको छ । अमेरिकी राष्टपति बाराक ओबामा र सी जिनपिनसँगको भेटवार्तामा मोदीले आफुलाई विश्व नेताका रुपमा आफनो छवी बनाएको उल्लेख गरेको छ ।

फोब्र्सले सबैभन्दा शक्तिशाली ब्यक्तिहरुको उक्त सुचीमा ७४ जनालाई स्थान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्