आर्मी र गोर्खालीलाई उपाधि



काठमाडौँ, (नेस)
दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेल जित्दै नेपाल आर्मी ए ले अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको पुरुषतर्फ उपाधि जितेको छ।

फाइनल खेलमा आर्मीले गोर्खाली टिमलाई ५–० ले हराएको हो। पहिलो पटक भएको क्लबस्तरिय रग्वी प्रतियोगिताअन्तर्गत महिलातर्फ गोर्खाली रग्वी क्लबले उपाधि जित्यो। फाइनलमा गोर्खालीले काठमाडौँ वुमन्स रग्वी क्लबलाई २०¬—१७ स्कोरले हराउँदै उपाधि हात हात पारेको थियो। पुरुषमा काभे्रको आकाश भैरव र महिलातर्फ नेपाल वुमन्स रग्वी क्लब तेस्रो भयो।

प्रतियोगितामा पुरुषतर्फ गोर्खालीका नविन गीरी बेस्ट प्लेयर चुनिए। नवीनले पाँच ट्राई गर्दै सर्वाधिक २५ स्कोर गरेका थिए। महिलातर्फ उत्कृष्ट खेलाडी काठमाडौंकी मनीषा थापामगर भइन्। प्रतियोगितामा महिलतर्फ चार टिम र पुरुषमा ७ टिमको सहभागीता रहेको थियो। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो।

प्रतियोगिताबाट थाइल्याण्डको बैकंकमा हुने एसिया रग्वी सेभेन्स ट्रफिका लागि पहिलो चरणमा पुरुष र महिलामा समान २० खेलाडी छनोट गरिनेछ।

प्रतिक्रिया दिनुहोस्