राष्ट्रिय गीत बज्दा नउठ्नेहरू कारवाहीमा



नयाँदिल्ली, (एजेन्सी)

भारतको एउटा सिनेमा घरमा चलचित्र शुरु हुनुअघि राष्ट्रिय गीत बजाइँदा सिटबाट नउठने १२ जना व्यक्तिलाई सोमबार साँझ प्रहरीले गिरफ्तार गरेको छ। ती दर्शक केरलाको ट्रिवानड्रम शहरमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उपस्थित भएका थिए।

पक्राउ परेको केही समयपछि नै तिनीहरूलाई रिहा गरिए पनि तिनीहरू विरुद्ध सरकारी कर्मचारीको आदेश पालना नगरेको र अन्य दर्शकहरूलाई बाधा अड्चन पुर्याएको मुद्दा लाग्ने भएको छ।

त्यसै गरी प्रहरीले आइतबार पनि चेन्नाइस्थित एउटा सिनेमा घरमा राष्ट्रियगान बजाइँदा नउठ्ने आठजना व्यक्तिलाई यातना दिइएको जनाएको छ। पछि तिनीहरूमाथि पनि राष्ट्र गीतप्रति सम्मान नजनाएकोमा मुद्दा दायर गरिएको थियो। गत महिना मात्र भारतको सर्वोच्च अदालतले प्रत्येक सिनेमा घरमा चलचित्र शुरु हुनु अघि राष्ट्रिय गीत बजाइँदा सम्पूर्ण दर्शकले उठेर सम्मान व्यक्त गर्नुपर्ने आदेश दिएको थियो।

सम्बन्धित प्रशासनले सो आदेशलाई पालना गराउन गम्भीर ढंगले लागिपरेको छ। तर हिरासतमा लिइएका एकजना दर्शकले यदि सिटमा बसिनरहेको खण्डमा बस्ने ठाउँ नै गुम्न सक्ने आफू्हरूलाई लागेको इन्डियन एक्स्प्रेसलाई बताएका छन्। अदालतको यस विवादास्पद आदेशको सत्तारुढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले स्वागत गरेको छ।

भारतीय जनतालाई राष्ट्रभक्ति भावना प्रर्दशन गर्नका लागि दवाव दिने चालिएको यो पहिलो कारवाहीको घटना भने होइन। गत अक्टोबरमा पनि व्हिलचियरबाट बोकर सिटमा बसाइएको एक अशक्त व्यक्तिमाथि राष्ट्रिय गीत बज्दा नउठेको कारण दुव्र्यवहार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्