विजेश्वरी टिम च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
विजेश्वरीले दोस्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ। विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो। आयोजक आरुणी ४५ अंकसाथ दोस्रो भयो भने कान्तिपुर इंग्लिस एकेडेमी १४ अंकसहित तेस्रो बन्यो।

मंगलबार गल्र्स डबल्स फाइनलमा आरुणीका तृष्णा पुन र अस्मिता ढुंगेलको जोडीले विजेश्वरीका मारिया थापा मगर र अनुष्का सिम्खडाको जोडीलाई ३–२ को सेटमा पराजित गर्यो। विजेश्वरीले आरुणीलाई ३–० को सोझो सेटमा हराउँदै गल्र्स टिम इभेन्टको उपाधि हात पार्यो। यु–१२ ब्वाइज सिंगल्समा गुड स्टार्ट एकेडेमीका राविन चौलागाईंले स्वर्ण जिते।

यु–१४ र यु–१६ ब्वाइज सिंगल्सको उपाधि विजेश्वरीका सुजन खड्काले कब्जा गरे। मिक्स डबल्सको उपाधि विजेश्वरीका मारिया थापा मगर र सुजन खड्काको जोडीले जिते। सो अवसरमा राष्ट्रिय टेबलटेनिस खेलाडी राकेश महर्जनलाई सम्मान गरिएको थियो। प्रतियोगितामा विभिन्न ३५ विद्यालयका ३ सय ९२ प्रतिस्पर्धीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्