नानो इनर्जाइजर नेपाली बजारमा



काठमाडौं, (नेस)

लामो अनुसन्धानपछि कोरियाले नानो इनर्जाइजर नामक उत्पादन विश्व बजारमा ल्याएको छ। नानो इनजाइजर विश्वका ७० देशका उपभोक्ताले ११ वर्षदेखि सफल प्रयोग गर्दै आएका छन्। संसारभर यसको उपभोक्ता २५ करोड पुगिसकेको कम्पनीको भनाइ छ।

यसको प्रयोगबाट इन्जिन स्मुथ हुने, ८ – २१ प्रतिशत इन्धन बचत गर्ने, ३०–९५ प्रतिशत धुँवा कम गर्ने, १०–३० प्रतिशत गाडीको पावर बृद्धि गर्ने, १०–२७ प्रतिशत इन्जिनको नावइज र भाइब्रेसनमा सुधार गर्ने, इन्जिन अधिक तात्नबाट जोगाउने, इन्जिनको आयु बढाउने, मर्मत खर्च कटौति गर्ने, उपभोक्तामैत्री र वातावरणमैत्री आदि यसका विशेषताहरू हुन। जुन विशेषता विश्वभरका ३५ भन्दा ठूला कम्पनीको परीक्षण तथा उपभोक्ताहरूले आ–आफ्नो साधनमा प्रयोग गरेर ग्लोबल्ली रूपमा प्रमाणित गरिसकेका छन्। साथै यसबाट इन्जिनमा कुनै प्रकारको साइड इफेक्ट नभएको वास्तविकता पनि सिद्ध भएको कारण विश्व बजारमा यसको माग उच्च रहेको कम्पनीको भनाइ छ।

यसैक्रममा ७१औं राष्ट्रको रूपमा यस कम्पनीले नानो इनजाइजर नेपालमा भित्रायाएको। बाइक, गाडीलगायत सबैखाले इन्जिनमा प्रयोग गर्न सकिने यस उत्पादनको प्रभावकारीता नेपाली उपभोक्ताहरूले पनि अनुभव गरिसकेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्