क्यान्सर रोगीको मार्मिक गुनासो



लन्डन, (एजेन्सी)

सन्डे टाइम्स अखबारको रेस्टुरेन्टसम्बन्धी समीक्षक तथा पत्रकार एए गिलले आफ्नो जीवनकै अन्तिम लेखमा नेसनल हेल्थ सर्भिस (एनएचएस) ले आफ्नो जीवन लम्ब्याउन सक्ने क्यान्सरको उपचार दिन नसकेको बारे उल्लेख गरेका छन्।

स्तम्भकार गिलको शनिबार क्यान्सरबाट ६२ वर्षको उमेरमा निधन भएको थियो। उनले आफ्नो चिकित्सकले इम्युनोथेरापीका लागि सिफारिस गरेको तर एनएचएसमा सो सेवा उपलब्ध नभएको लेखमा उल्लेख गरेका छन्।

उनले मागेजति पैसा तिर्न सकेका खण्डमा मात्र यो धर्तीमा धेरै बाँच्न पाउने गुनासो पनि गरेका छन्। विगतमा धुमपान गर्ने गरेका उनलाई फोक्सोको क्यान्सर लागेको थियो। सो क्यान्सर घाँटी र प्यान्क्रियाजमा पनि फैलिएको थियो।

गिलले एक वर्षको १ लाख खर्च लाग्ने थेरापी पनि एनएचएसले अस्वीकार गरेको जनाएका छन्। उनले इम्युनोथेरापि स्थायी उपचार नभए पनि केही समय अझै रमाइलोसँग साथीभाइ र परिवारसँग बाँच्न पाउने आशा गुमेको भनी मार्मिक पीडा पोखेका छन्

प्रतिक्रिया दिनुहोस्