प्रदूषण बढाउने मुख्य तत्त्व के–के हुन् ?



प्रदूषण बढाउने कारक तत्त्वहरूका गाडीको धुँवा, इँट्टाभट्टा र जेनेरेटरले निकाल्ने धुँवा नै हुन् । यसलाई रोकथाम गर्नका लागि नेपाल सरकारले नीति नियमहरू प्रभावकारी ढंगले लागू गर्नुपर्ने अवस्था रहेको पनि औंल्याइएको छ ।

अनुसन्धान रिपोर्टमा उल्लेख गरिएका विषयवस्तुमा वायु प्रदूषणका पुख्य कारक तत्त्वहरूमध्ये २ दशमलव ५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कणहरू कार्बोन मोनो ओकसाइड र नाइट्रोजन ओक्साइड मानिसको स्वास्थ्यका लागि मुख्य हुन् । यस्ता कणहरू श्वास–प्रश्वासमार्फत् शरीरभित्र पस्ने हुनाले बालबालिकामा श्वास नलीमा संक्रमण हुन्छ भने प्रौढ व्यक्तिहरूमा दीर्घ स्वास्थ्य समस्याहरू देखापर्दछन् । यसको मापनका लागि परिषद्ले काठमाडौंको पुतलीसडक, ललितपुरको महालक्ष्मी स्थान र भक्तपुरको भीमसेनस्थान जगातीमा स्टेसन राखिएको र बिरामी तथा मृतकको तथ्यांक उपत्यकामा रहेका मुख्य अस्पतालहरूबाट लिएको जनाएको छ । यति ठूलो काम गरिएको भए पनि कति वर्षदेखि यस्तो प्रभाव बढ्यो, विगतमा के थियो, वर्तमान कस्तो छ र भविष्यमा के हुन्छ भन्ने कुरा खासै समेटन सकिएको छैन । यसका साथै प्रभावित व्यक्तिमध्ये कोही कोहीको स्वास्थ्य अवस्थालाई औंल्याएको पनि पाइन्न । यसखाले अनुसन्धानले मूर्त रूप लिनसक्ने गरी भविष्यमा गरिने अनुसन्धानले थप स्पष्ट पारोस् ।

प्रतिक्रिया दिनुहोस्