नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल



मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा नेपालको पहिलो कलेजोको सफल प्रत्यारोपण गरिएको छ । सो प्रत्यारोपण भक्तपुर निवासी ३६ वर्षीय पुरुष बलराम नागाको गरिएको छ । उहाँलाई भक्तपुर निवासी ४१ वर्षीया दिदी सानुमायाँ लागेजुले कलेजो अंगदान दिनुभएको थियो । सो शल्यक्रिया दिउँसो १२ बजे शुरु भई राति १० बजे सम्पन्न भएको थियो । यस मानव अंग प्रत्यारोपण केन्द्रमा शल्यचिकित्सापश्चात् दुवै बिरामीको स्वास्थ्य स्थिति सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी गराएका छन् ।

शल्यक्रिया दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विश्व प्रसिद्ध विशेषज्ञहरूको टोलीको सहभागितामा सफल कलेजो प्रत्यारोपण सम्पन्न भयो । सो कोरियन टोलीको नेतृत्व एचया । म्च । व्बभ(धयल व्यज र एचया । म्च । ऋजययल ज्थगअप म्बखष्म प्धयल ले गरेका थिए भने अरू सदस्यहरूमा एचया । म्च । न्थग(क्भयलन ऋजयथ, म्च । ऋजबल ध्यय ऋजय, एचया । म्च । व्गकतष्ल क्बलनधययप प्य थिए ।

नेपाली चिकित्सकहरू मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा डा. मोहनदेव भण्डारी, डा. प्रवीण जोशी, डा. सम्पूर्णमान तुलाधर थिए भने एनेस्थेसिया र सघन उपचारमा डा. सुवास आचार्य, डा. आरती राई, डा. महालक्ष्मी देउजा, डा. किरण अधिकारी, डा. सन्दीप भण्डारी र डा. मिलन थापा थिए । साथै पेट तथा कलेजो रोग विशेषज्ञहरूको नेतृत्व डा. दिपेश गुरुवाचार्य र डा. निरज जोशीले गर्नुभएको थियो ।

साथै नर्सिङ टोलीको नेतृत्व इन्दिरा प्रधानले गर्नुभएको थियो । यसै गरी कलेजो रोग विशेषज्ञहरू डा. दिलीप शर्मा, डा. सुधांसु केसी, डा. अनन्त श्रेष्ठ तथा डा. विनीता जोशीको सहयोगसमेत प्राप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्