डोनाल्डको पक्षमा रूसको भूमिका चर्चामा



वासिंटन, (एजेन्सी)
अमेरिकी गुप्तचर एजेन्सीले नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई अग्रता दिलाउन रूसले गोप्य तरिकाबाट काम गरेको मान्यता राखेको जनाइएको छ।

न्युयोर्क टाइम्समा छापिएको समाचारमा ह्याकिङमा रूसको भूमिकाको सम्बन्धमा अमेरिकी गुप्तचर एजेन्सीसँग त्यसको बलियो प्रमाण रहेको उल्लेख गरिएको छ। त्यसै गरी वासिंगटन पोस्टमा छापिएको अर्को समाचारमा सीआईएले आफ्नो मूल्यांकनमा यस प्रकारको कुरा उठाएको छ।
तर ट्रम्पको टोलीले ती आरोपलाई अस्वीकार गर्दै भनेका छन्– ‘यो उनीहरू नै थिए जसले सद्दाम हुसैनसँग नरसंहारकारी हतियार भएको बताएका थिए।
यसबीच रूसी अधिकारीले पनि ह्याकिङको आरोपलाई अस्वीकार गरेका छन्। यद्यपि राष्ट्रपति चुनावका क्रामा भएको शृंखलाबद्ध साइबर आक्रमणका लागि रूसलाई जिम्मेवार ठहराइएको थियो। निवर्तमान राष्ट्रपति बाराक ओबामाले यसको जाँच गर्ने आदेश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्