३ सय १५ दीक्षित



इस्लिङटन कलेजले ३ सय १५ जना स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्न गरेको छ। लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्राध्यापक जोन र्याफ्टरी, सहउपकुलपति डोमिनिक पामर–ब्राउन र डिन साइमन जोन्सले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभयो। कार्यक्रममा बोल्दै उपकुलपति र्याफ्टरी, सहउपकुलपति ब्राउन र डिन जोन्सले इस्लििङटन कलेज विश्वविद्यालयको अति महत्वपुर्ण साझेदार रहेको बताउनुभयो। यहाका विद्यार्थीको परीक्षाको नतिजा विश्वविद्यालयको तुलनामा उच्च रहेको उनीहरूको भनाई थियो।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत शुलभ बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा हासिल गर्न सफल नेपालका विद्यार्थीले सोही स्तरको दक्षता हासिल गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै नाम कमाउन सफल भएको बताउनुभयो। उहाले दिक्षीत विद्यार्थीलाई नेपालमै बसेर देशको सेवा गर्न आग्रह गर्नुभयो। समारोहमा बिएस्सी अनर्स कप्युटिङमा १ सय ५६, नेटवर्किङमा ६७, मल्टिमिडियामा ३१, बिबिएमा ५३ र एमएससिआइटीमा ८ जना दिक्षीत भएका छन्। सो कार्यक्रममा विश्वविद्यालयका अन्य पदाधिकारी, नेपालका शिक्षा क्षेत्रका वरिष्ठ व्यक्तत्वहरूको उपस्थिति रहेको थियो। बिगत दुई दशकदेखि नेपालमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ। सो कलेजबाट हालसम्म ३ हजार ५ सय भन्दा बढी विद्यार्थीले अध्ययन पुरा गरी राष्ट्रिय , अन्तराष्ट्रिय तथगा बहुराष्ट्रिय संघ संस्थामा कार्यरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्