उत्कृष्ठ साझेदारीः उपकुलपति जोन र्याफटरी



लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्राडा जोन र्याफटरीले नेपालको इस्लिङटन कलेज उत्कृष्ठ साझेदार संस्था रहेको बताउनुभएको छ। दिक्षान्त र विभिन्न विषयमा सम्झौता गर्न पहिलो पल्ट नेपाल आउनुभएका उहाले नेपालको पठन पाठन उत्कृष्ठ रहेको दाबी गर्नुभएको छ। ६ वर्ष अघि साझेदार भएको कलेजले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसयोग्य रहेको धारणा राख्दै उहाले विश्वविद्यालयले सुचना प्रविधिको नया विषय अध्यापन गराउन थप सहयोग गर्ने प्रतिबद्धता व्यत्तः गर्नुभयो। अब हामीले आगामी शैक्षिकसत्रदेखि स्नातक तहमा मोबाइल एप्लिकेशन कोर्षको अध्यापन गर्न सम्बन्धन दिएका छौ, पढाइमा स्तरीयता कामय हुदै गइ थप नया विषयमा सम्बन्धन दिनेछौ–उहाले भन्नुभयो। अन्य देशको तुलनामा नेपाली व्द्यिार्थीको शैक्षिस स्तरमा वृद्धी हुदै गएकोमा आफुलाई खुसी लागेको बताउदै उहाले भन्नुभयो–तपाईहरू यस्तै स्तरीय अध्यापन गर्दै जानुस हामी अन्य नया साझेदारी गर्न तयार छौ।

प्रतिक्रिया दिनुहोस्