‘स्टार वार्स मा ट्रम्पलाई नश्लवादी देखाइएको आरोप



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अप्रत्यासित जितले ल्याएको तरंग सकिने छाँटकाँट देखिएको छैन। यो जित अमेरिकीले चाहेको तर अरूले नचाहेको बढी प्रचार हुनुले भएको हो वा ट्रम्पको व्यक्तित्वको कारण हो, सम्भवत दुवै कारणले हो। यसको तरंग भने विगतको अमेरिकी चुनावको भन्दा धेरै फरक रह्यो। यसको प्रभाव सबै तप्कामा देखाइरहेको क्रममा पछिल्लो एउटा बहुचर्चित तथा प्रतिक्षित चलचित्रलाई लिएर नयाँ विवाद बाहिर आएको छ।

डोनाल्ड ट्रम्पका समर्थहरूले आगामी हप्ता अमेरिकामा रिलिज हुन लागेको स्टार वार्स फिल्मको सिक्वेल ‘रग वन बहिष्कार गर्न आह्वान गरिरहेका छन्। बहिष्कारको यो अभियानका एकजना समर्थक कार्यकता ज्याक पोसोबिएकले लगातार यस विषयमा ट्विट गरेपछि शुरू भएको हो।

विगत २४ घण्टामा ह्यासडम्पस्टारवार्सलाई १ लाख २० हजार पटक रिट्विट गरिसकेको छ। ज्याकले आफ्नो ट्विटमा उक्त फिल्मका लेखकले ट्रम्पलाई नश्लभेदी बताउने दृश्य जोड्नका लागि फिल्ममा हेरफेर गरेको आरोप लगाएका छन्।

ट्रम्प समर्थकहरूको समूह सिटिजन फर ट्रम्पका कार्यकर्ता ज्याकले पेरिस्कोप भिडियोमा लेखकले ट्रम्प प्रशासन जस्तो फिल्मको साम्राज्यलाई ‘गोरा र अहंकारीहरूको संगठन भनिएको र थुप्रै विद्रोहीले उसलाई हराउन लागेको दृश्य समावेश गरेको दाबी गरेका छन्।

उनले भने– ‘उनले यो चलचित्रको प्रयोग ट्रम्प नश्लवादी हो, भन्ने झुठो कथा रच्नका लागि गरेका छन्। क्रिस ह्वाइट्स र उनका साथी पटकथा लेखक गेरी ह्विटाले पठाएको ट्विटलाई आधार बनाएर उक्त दाबी गरिएको हो।

स्क्रिन राइटर क्रिस ह्वाइटसले भने– ‘यो पूर्णरूपमा झुठो हो। यद्यपि उनले अन्य लेखकसँग अमेरिकाको नवनिर्वाचित राष्ट्रपतिको विरोधमा ट्विट गरिसकेका छन्। ट्रम्पले नोभेम्बरमा चुनाव जितेपछि ह्वाइट्सले पोस्ट गरेका थिए– ‘कृपया ध्यान दिनुस्। यो साम्राज्य एकजना गोरा सुपरमेसिस्ट संगठन हो।

ह्विटाले जवाफमा लेखे– ‘बहादुर महिलाको नेतृत्वमा एउटा बहुसांस्कृतिक समूहले विरोध गर्यो।

यद्यपि एकै दिनभित्र ती दुवै ट्विट हटाइयो। पछि क्रिस ह्वाइट्सले फिल्ममा राजनीतिकरण भएकोमा माफी मागेका थिए।

प्रतिक्रिया दिनुहोस्