इनर्जी इफिसियन्सी प्रोग्रांम शुरू



काठमाडौं, (नेस)

जर्मन सरकारको अनुदान सहायतामा एनआईडीसी डेभलमेन्ट बैंकमार्पmत सञ्चालन हुने परियोजना इनर्जी इफिसियन्सी प्रोग्रांम नेपालको अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले शुक्रबार शुरूआत गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खनालले यस्ता कार्यक्रले विभिन्न उद्योग तथा व्यवसायमा ऊर्जा खपत कम गराई वातावरण सुधारमा उल्लेख योगदान गर्ने अपेक्षा गरिएको बताउनुभयो। साथै नेपालका बढी ऊर्जा खपत गर्ने औद्योगिक इकाइहरूमा यस कार्यक्रमबाट प्रभावकारी जागरुकता विकास भई ऊर्जा दक्षतामार्फत ऊर्जा खपत गर्ने मुनाफा बढाउन सकिनेतर्पm उन्मुख हुने विश्वास लिइएको धारणा राख्नुभयो।

उक्त कार्यक्रममा जर्मन विकास संस्थाका प्रमुख ज्याकलिन ग्रोथले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको भयो। त्यस अवसरमा जर्मनी सहयोग संस्थाबाट सञ्चालनमा रहेको विभिन्न संघसंस्थाहरूको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्