प्रभु बैंकको गोठाटारमा शाखा



काठमाडौं, (नेस)

प्रभु बैंकले गोठाटारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गर्नुभयो। मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखामध्ये न्युरोड शाखालाई गोठाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको भनाइ छ। शाखा स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकले सरल, सहज रूपमा बैंकिङ सुविधा गर्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्