जनता झ्क्याउने काइदा



नेताको काम जनतालाई सुख सुबिधा दिने । यो सर्वब्यापी मान्यता पनि हो तर नेपालमा त्यस्तो हुन सकेको छैन ।त्यस कारण जनताले दुख पाईरहेको ठहर धरहराले गरेको छ ।

नेपालका नेता काम भन्दा कुरा धेरै गर्न थालेको कारण मुलुकले दुख पाएकै छ । नेता नहुने कुरापनि जनतालाई दिन्छौ भनेर अलाप गर्न छाडेका छैनन । कुरा हो बाराको बारामा अन्तराष्टिय बिमानस्थल बन्नु पर्ने माग गर्दै तीन दर्जन भन्दा बढी युवा ८० किलोमिटर हिडेर काठमाडौ आए र प्रधानमन्त्रीलाइृ भेटे ।

प्रधानमन्त्रीले भने यो बिमानस्थल सरकारले नै बनाउछ तपाईहरु ढुक्क हुनुस । जनता ढुक्क भए भएनन थाहा भएन तर प्रधानमन्त्री भने एक पटक फेरी बाराली जनतालाई भुक्याउन सफल भएकोमा ढुक्क भएको धरहराबाट देखिएको छ ।

त्यसरी कति दिन जनता झुक्याउने खेलमा प्रधानमन्त्री अडिक हुनुहोला भन्ने लागेको छ धरहरालाई । राजधानीका सडकका खाल्टा खुल्टी पुर्न बजेट निकासा गर्न नसक्ने प्रधानमन्त्री ले बारामा अन्तराष्टिय एयरपोट आफैले बनाउने भनेर घोषणा गर्नु भनेको दिउसै बत्तीबालेर सियो खोज्नु जस्तो होईन ।

प्रतिक्रिया दिनुहोस्