कराते खेलाडीको विदाइ



काठमाडौं, (नेस)
विश्व खुला सितेरियो कराते च्याम्पियनसिमा सहभागी हुन जाने नेपाली कराते खेलाडीहरूलाई एक कार्यक्रमबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले विदाइ गरे। हङ्गेरीमा आयोजना हुने कराते प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूमा मल्लिका थापा ५० केजी, अनु अधिकारी ५५ केजी, विजय लामा ६० केजी र जनक सिंह खड्का ७० केजी रहेका छन्। टोलीको टिम लिडर तथा व्यवस्थापकमा राम श्रेष्ठ ‘बोस’ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्