जे भने नि ताली



मन नपरेपछि श्रीमती पनि पराइ हुन्छे भन्ने उखानलाई एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समयमा आएर पुष्टि गर्ने कोसिस गरेको धरहराबाट देखिएको छ। कमरेड ओलीले म्ुलुकमा संघीयताका विरुद्धमा बिस्तारै आवाज बुलन्द हुन थालेपछि एउटा सार्वजनिक कार्यक्रममा नै भनिदिनु भो –संघीयता मन परेर होइन बाध्यताले मात्रै स्वीकार गर्नुपरेको। होइन मन नपरेको कुरा उहा“ले उहिल्यै भनिदिएको भए अहिले देशमा यो नौटंकी त हुने थिएन नि ? नेपाली राजनीतिका चतुर खेलाडी मानिनुहुने कमरेड ओलीले अहिले आएर संघीयताका बारेमा मुख खोलेपछि साच्चिकै संघीयता लागू हु“दैन कि क्या हो भन्ने भ्रममा धरहरा पनि परेको छ है।

कहिले त्यसैको वकालत गर्ने, कहिले त्यसैको तीव्र बिरोध गर्दै हि“ड्ने ओली बा को काइदा देखेर धरहरा पनि दोमनमा परेको छ क्या। संघीयताको वकालत गर्ने कि त्यसको विरोध गर्ने ? जे भए पनि एउटै नेताको स्वरूप अनेकअनेक देखेपछि धरहरालाई पनि राजनीति गर्ने सोचाइ आएको छ। जे भने पनि जनताले ताली पिटीहाल्दारहेछन्। कि कसो त पाठक बृन्द ?

प्रतिक्रिया दिनुहोस्