अंग प्रत्यारोपणसम्बन्धी नियमावली पास



(भगवती तिमल्सिना) विगत ८ वर्षदेखि सरकारले थन्क्याएर राखेको अंग प्रत्यारोपणसम्बन्धी नियमावली तत्काल लागू हुने गरी सरकारले पारित गरेको छ। यो नियमावलीले लामो समयदेखि मृगौलाको समस्या भएका र दाता नपाएर मृत्युसँग पौठेजोरी खेलिरहेका बिरामीका लागि उत्साह ल्याएको छ। यसअघिको कानुनमा अंग प्रत्यारोपणको व्यवस्था गरिएको भए पनि नियमावली पारित नहुँदा व्यवस्था कानुनी किताबमै थन्किएर बसेको अवस्था थियो। अब भने कामै गरेर सेवा दिने बाटो खुलेको छ।

मन्त्रिपरिषद्को बैठक हुँदै विधेयक समितिले तत्काल लागू हुने गरी मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ पारित गरेको छ। नियमावली पारितसँगै नेपालमा ब्रेन डेथ भएका मानिसबाट विभिन्न अंगहरू निकालेर अर्को व्यक्तिमा प्रत्यारापेणको बाटो खुलेको छ।

अंग निकाल्ने प्रक्रिया
नेपाल सरकारले मस्तिश्क मृत्यु भएको घोषणा भएका व्यक्तिको अंग निकाल्न, व्यवस्थापन गर्न र समन्वयात्मक भूमिका खेल्नका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरलाई अख्तियारी दिएको छ। ‘हालै पारित नियमावलीमा कुनै पनि व्यक्तिको मस्तिश्क मृत्यु पश्चात् मानव अंग प्रत्यारोपण केन्द्रको समन्वय इकाइमा तत्काल सम्पर्क गरी आधिकारिक रेकर्ड अध्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ। साथै मृगौलालगायतका कानुनमा व्यवस्था भएका अंगसम्बन्धी समस्या भएका व्यक्तिले पनि समन्वय इकाइमा आफ्नो समस्या दर्ता गराउनुपर्छ। यसकै आधारमा समन्वय इकाइले कुन प्रयोगकर्तासँग अंग मेल खान्छ उसैलाई प्राथमिकतामा राखी अंग निकाल्ने र प्रत्यारोपण गर्ने गरिन्छु –मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भन्नुहुन्छ।

नियमावलीमा व्यवस्था गरिएअनुसार महिलालाई विशेष प्राथमिकता, ब्रेन डेथ भएको व्यक्ति र पीडित व्यक्तिको उमेर समान भएकाले प्राथमिकता पाउँछन्। यदि यस्तो नभएमा अर्को व्यक्तिलाई छनोट गर्न स्कोरिङ सिस्टमको आधारमा प्राथमिकता दिइन्छ। अबका दिनमा दुर्घटनामा परी ब्रेनडेथ भएमा जुनसुकै अस्पताल तथा संस्थाले समन्वय इकाइलाई खबर गर्नुपर्छ। त्यसपछिको काम अख्तियारी प्राप्त संस्थाले गर्नुपर्नेछ। अंग निकाल्नुपूर्व ब्रेनडेथ घोषणाका लागि उपचारमा संलग्न नभएको विशेषज्ञ, प्रमुख जिल्ला अधिकारी, बिरामीको आफन्तलगायतको टोली रहने व्यवस्था गरिएको छ। टोलीले ब्रेनडेथ भएको घोषणा गरेसँगै आफन्तको स्वीकृतिमा अंग निकालेर अर्को व्यक्तिको जीवन बचाउन मद्दत मिल्नेछ। यसका लागि तत्काल अंग निकाल्नुपर्ने हुनाले पोस्टमार्टम गर्नुअघि निकाल्न मिल्ने व्यवस्थाका लागि समेत सोही समितिले स्वीकृति दिनुपर्ने हुन्छ।

अब यस कार्यका लागि अंग निकाल्ने, प्रत्यारोपण गर्ने, व्यवस्थापन गर्ने, बिरामीको सही छनोट र पहिचान गर्ने टोली २४सै घन्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ। यसको सम्पूर्ण व्यवस्थापन र समन्वयात्मक भूमिका इकाइले निर्वाह गर्नुपर्ने हुन्छ। व्यवस्थापनका लागि हाललाई २ वटा समूहमा जनशक्ति, भौतिक पूर्वाधार तयारी अवस्थामा रहेको डा. श्रेष्ठ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘दान दिने र लिने सँगसँगै तयार हुनुपर्छ। यसपछि अंग म्याचिङ हुन्छ कि हुन्न तथा आर्थिकरूपमा पनि तयार हुनुपर्छ।ु
यो व्यवस्थाले कस्तो ठाउँ र अवस्थामा बे्रन डेथ भएका व्यक्ति र बिरामीले अंग दिने र लिने सुविधा लिन सक्छन् भन्ने सन्दर्भमा डा. श्रेष्ठ भन्नुहुन्छ– ‘अंग निकाल्ने काम जतिसक्दो चाडो ब्रेन डेथ हुनासाथ गर्नुपर्छ नत्र अंगले काम गर्दैन।ु अंग निकाल्नुपूर्व रगतको परीक्षण गरी बिरामीमा क्रसम्याच गर्नुपर्ने हुन्छ। क्रसम्याचमा जसलाई मिल्छ उसलाई प्रत्यारोपण गर्ने हुनाले दुवै पक्ष तयारी अवस्थामा हुनुपर्छ। हवाई सेवा भएको ठाउँमा दुर्घटना भएको खण्डमा त्यहाँको अस्पताल र शल्यक्रिया कक्ष अत्यन्तै राम्रो भएको human-organ-transplant-008अवस्थामा अंग निकाली ल्याउन सकिन्छ। शल्यक्रिया गर्ने कक्ष अत्यन्तै राम्रो संक्रमण नहुने खालको हुनुपर्छ। यस्तो अवस्थामा निकालिएको मृगौला २४ घन्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ। प्रक्रिया पूरा गरी ८ देखि १० घन्टामा ल्याउन सकिन्छ। त्यस्तै, कलेजो प्याङक्रियाज १० देखि १२ घण्टाभित्र तथा मुटुको ४ घन्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ।

यस्ता अंग निकाल्दा स्पेसल आइस बक्समा राखेर ल्याउनुपर्ने हुन्छ। नेपालमा आँखा, मृगौला र कलेजो दान तथा प्रत्यारोपणको नियमावली पारित भइसकेका छन् भने अन्य अंगको बारेमा व्यवस्था भइसकेको छैन। कलेजो प्रत्यारोपण जटिल शल्यक्रिया भएकाले शुरुका दिनमा विदेशी विशेषज्ञको सहयोगमा गर्नुपर्ने अवस्था रहेको पनि डा. श्रेष्ठ बताउनुहुन्छ। मुटु र फोक्सो दान तथा प्रत्यारोपणको नियमावली भने बनिसकेको छैन।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ८ वर्षदेखि अल्झिएर बसेको मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावलीलाई पारित गरेको हो। यो नियमावली पारित गराउन स्वास्थ्यमन्त्री गगनकुमार थापाको सक्रियतामा प्रधानमन्त्रीसहित मन्त्रिपरषद् कार्यालयका उच्च अधिकारी, मानव अंग प्रत्यारोपण केन्द्रलगायतको साथ र सहयोग प्रशंसनीय रहेको स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेल बताउनुहुन्छ।

नियमावली पारितसँगै दुर्घटना तथा अन्य कारणबाट हुने ब्रेन डेथ (मस्तिश्क मृत्यु) भएका मानिसहरूको अंगलाई प्रत्यारोण गर्न पाइने भएको छ। मानवको मृत्युपछि जलेर वा गलेर नष्ट हुने अंग दान गर्दा अर्को व्यक्तिको जीवन बचाउन सक्ने महान् कार्य जीवन दान हुनुका साथै व्यक्तिको भौतिक शरीर मरे पनि अंग जिवितै रहने हुनाले अंग दानका क्षेत्रमा जनचेतना जगाउनुपर्ने डा. श्रेष्ठ बताउनुहुन्छ।

उहाँले नियमावली बनेपछि अब प्रत्यारोपणको पर्खाइमा बसेकाहरूलाई सहज हुने बताउनुभयो। विभिन्न अध्ययनको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै हरेक वर्ष १ हजारभन्दा बढीको ब्रेन डेथपछि मृत्यु हुने गरेको छ। ब्रेन डेथपछि मृत्यु भएकाहरूबाट दुई वटा मृगौला, दुई वटा फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा, आँखालगायतका आठ मानव अंगलाई अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। आठ वटा अंग प्रत्यारोपण गर्न मिल्छ तर नेपालमा तत्कालका लागि कानुनी व्यवस्थाका आधारमा मृगौला र आँखा प्रत्यारोपणलाई पहिलो प्राथकिमता दिइनेछ। ब्रेन डेथ भएकामध्येबाट २० प्रतिशतको मात्र अंग निकाल्न सकियो भने पनि झन्डै ४ सय जनाको अंग प्रत्यारोण गर्न सकिन्छ।

८ वर्षदेखि अल्झिएको नियमावली पारित हुनुले यस क्षेत्रमा काम गर्ने र पीडितहरूलाई उत्साहित बनाएको पनि डा. श्रेष्ठले बताउनुभयो। नियमावलीले विषेश गरी मृगौला प्रत्यरोपणको लागि पर्खाइमा बसेकाहरूलाई फाइदा पुग्नेछ। अंग प्रत्यारोपणका लागि महिलालाई प्राथमिकता दिइने व्यवस्था पनि नियमावलीमा गरिएको छ।

pg4aब्रेन डेथ भएकाहरूको परिवारका सदस्यहरूले अंगदान गर्ने अनुमति दिएमा वा मृतकले मृत्युपूर्व अंगदान गर्ने अनुमति दिएको अवस्थामा ब्रेन डेथ भएका मृतकको अंगलाई प्रत्यारोपण गर्न सकिनेछ। अबदेखि हरेक अस्पतालले कसैको बे्रन डेथबाट मृत्यु भएमा तत्काल मानव अंग प्रत्यारोपण केन्द्रलाई खबर गर्नुपर्ने र अंग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिले केन्द्रमा सूचीकृत हुनुपर्ने व्यवस्था पनि नियमावलीमै व्यवस्था गरिएको छ।

नेपालमा अहिलेसम्म मानव अंग प्रत्यारोपणसम्बन्धी ऐन भए पनि नियमावलीको अभावमा नातेदारले मात्र अंग दिन पाउने व्यवस्था थियो। तर, ब्रेनडेथ भएकाहरूको अंग पुनः प्रयोगमा ल्याउन पाइने व्यवस्था भने थिएन। मानव अंग प्रत्यारोपण केन्द्रले ब्रेन डेथ भएकाहरूको अंगलाई सुरक्षित तबरले निकाल्ने र तत्काल प्रत्यारोपण गर्न स्वास्थ्यकर्मीलाई तालिम दिन शुरु गरिसकेको छ। यतिबेला मानव अंग दान गर्नेहरूमा पूर्वस्वीकृति दिनेमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वमुख्यसचिव लीलामणी पौडेललगायतका थुप्रै नेता, कलाकार तथा सर्वसाधारणले अंग दानको स्वीकृति दिएका छन्।

कस्ता व्यक्तिको अंग निकाल्न मिल्दैन ?
दीर्घरोगी, सरुवा रोग लागेका व्यक्ति तथा एचआईभी एड्स भएका व्यक्तिहरूको भने अंग निकाल्न मिल्दैन। एक वर्षअघि भने अमेरिकाको एक अस्पतालमा एचआईभी संक्रमित भएको व्यक्तिको मस्तिश्क मृत्यु हुँदा अर्को एचआईभी संक्रमितलाई सफलतापूर्वक मृगौला प्रत्यारोपण
गरिएको थियो।

‘आसोनकन २०१६ काठमाडौंमा
नेपाल आथ्र्रोस्कोपी संघले काठमाडौंमा पहिलोपटक ‘आसोनकन २०१६ु आयोजना गरेको छ।
सम्मेलनले नेपालका आर्थोपेडिक सर्जनहरूलाई विभिन्न देशबाट आएका विशिष्ट अर्थोपेडिक सर्जनहरूले आफ्नो अनुभव, ज्ञान र सीप सिक्ने अवसर प्रदान गर्नुका साथै नेपालका अर्थोपेडिक सर्जनहरूको अनुभव, ज्ञान, सीप र दक्षता विश्वसामु चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरीएको छ।

आइतबारदेखि शुरु भएको सम्मेलन बुधबारसम्म काडमाडौंमा सञ्चालन हुने जनाइएको छ। चारदिने सम्मेलनमा नेपाललगायत अमेरिका, फ्रान्स, इटली, टर्की, स्पेन, स्लोभानिया, जापान, फिलिपिन्स, थाइल्यान्ड, भारत, बंगलादेशलगायतका विभिन्न ११ देशका ३ सयभन्दा बढी विशिष्ट तथा ख्यातिप्राप्त आथ्र्रोस्कोपिक सर्जनहरूको सहभागिता रहेको संघले जनाएको छ।

सम्मेलनले (स्पोर्ट्स मेडिसिन) खेलकुदका समयमा हुने चोटपटकको उपचारका क्षेत्रमा उल्लेख्य सुधार आउने र नेपालको स्पोर्ट्स मेडिसिनका क्षेत्रमा नयाँ आयाम थपिने नेपाल आथ्र्रोस्कोपी संघका अध्यक्ष डा. चक्रराज पाण्डेले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्