घानीद्वारा पाकिस्तानमाथि अघोषित युद्ध फैलाएको आरोप



अमृतसर, (एजेन्सी)

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानमाथि ‘अघोषित युद्धु मच्चाइरहेको आरोप लगाउँदै छिमेकी राष्ट्रले संरक्षण नदिने हो भने उसको सरकारसँग संघर्षमा रहेको तालिवान विद्रोह एक महिना पनि नटिक्ने बताए।

राष्ट्रपति घानीले भारतको अमृतसरमा आयोजित हार्ट अफ एसिया सम्मेलनमा सीमापार आतंकवाद अत्यन्त गम्भीर मुद्दा भएको बताए। उनले पाकिस्तानलाई अफगानिस्तानको पुनर्निर्माणका लागि दिने प्रतिबद्धता गरेको ५० करोड डलर आतंकवाद नियन्त्रणमा खर्च गर्नु राम्रो हुने सुझाव दिए।

घानीले सम्मेलनमा उपस्थित रहेका पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका विदेश मामिला सल्लाहका सरताज अजिजलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका थिए। उनले भने– ‘सीमापार आतंकवादलाई पहिचान गर्न आवश्यक छ।ु पाकिस्तानले ५० करोड डलर अफगानिस्तानको पुनर्निर्माणका लागि दिने प्रतिबद्धता गरेको छ। अजिज साहब यो रकम कट्टरपन्थी नियन्त्रणका लागि खर्च गर्न सकिनेछ। किनभने शान्तिबिना कुनै पनि आर्थिक सहायता बेकार हुन्छ।

उनले करिब ३० वटा अतिवादी संगठन अफगानिस्तानमा आफ्नो जरो गाड्ने प्रयास गरिरहेको चेतावनी दिएका छन्। उनले सीमापार कट्टरपन्थको पहिचानका लागि साझा प्रयासका लागि पनि आ≈वान गरे।

घानीले अफगानिस्तानमा गत वर्ष कट्टरपन्थी आक्रमणमा सबैभन्दा धेरै नागरिकको मृत्यु भएको र त्यस्तो अवस्था स्विकार्य नहुने बताए। केही स्थानमा अहिले पनि कट्टपन्थीका लागि आश्रयस्थल बनिरहेको उनले बताए। हालै मात्र एक तालिवान नेताले यदि पाकिस्तानमा उनीहरूको कुनै आश्रयस्थल नहुने हो भने एक महिनामा पनि टिक्न नसक्ने बताएका थिए।

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मादीले भारत र पाकिस्तानको निकट सम्बन्ध रहेको र उसको मद्दत गर्नु भारतको उद्देश्य रहेको बताए। मोदीले भने– ‘हामी आतंकवादको विरोधी मात्र होइनौं, उनीहरूको पनि विरोधी हौं जसले उनीहरूको समर्थन गर्छन्, उनीहरूलाई आश्रय दिन्छन् र उनीहरूलाई आर्थिक सहायता दिन्छन्।

प्रतिक्रिया दिनुहोस्