छोरा फकाउदा बुहारी……..



संबिधान संसोधन बिधेयक संसदमा दर्ता गराएपछि प्रधानमन्त्री कमरेड प्रचण्ड झन अफठेरोमा परेको देखेपछि धरहरा तीन छक परेको छ । मधेशी मोर्चालाई खुसी बनाउन संबिधान संसोधन गरेको भएपनि उनले मधेशी मोर्चाबाट स्यावासी पाउलान भनेको त मधेशी मोर्चानै उनको बिरोधमा उत्रिएको देखेर धरहरा झण्डै बेहोस भएको थिएन । हैन यी मधेशी नेताले पनि के खोजेका हुन कुन्नी जे गरेपनि नमान्ने तराई तराई बनाएर अर्को प्रदेश दिएपछि त मान्नु नि उनीहरुलाई सबै तराई एक प्रदेश चाहियो रे ? गर्न के खोजेका हुन कुन्नी धरहराले पनि बुझ्न सकेको छैन ।

छोरा फकाउदा बुहारी ठुस्स बुहारी फकाउदा छोरा ठुस्स भने जस्तो भएको छ अहिले हाम्रा प्रधानमन्त्रीलाई भन्या । मधेशी मनाउन खोज्दा एमाले ठुस्स भएर आन्दोलन नै गर्न थालको छ भने मधेशी मोर्चाले त यसलाई सकारात्मक भन्लान भनेको उनीहरुले संबिधान संसोधनलाई नै प्रतिगामी भनेर आलोचना पो गरेका छन । हैन मधेशीलाई कस्तो संसोधन चाहिएको हो यी तीन ठुला दलले बिचार नै नगरेको हो की नबुझेको हो धरहराले पत्ता पाउन सकेको छैन भन्या ।

प्रतिक्रिया दिनुहोस्