पुरुष गर्भनिरोधक खोपको विकाश



न्युयोर्क, (एजेन्सी)

अब गर्भनिरोधका लागि महिलाले मात्र इन्जेक्सन लिनुपर्ने बाध्यता हट्ने संकेत देखिएको छ। पुरुषमा हर्मोन इन्जेक्सनको प्रयोग सफल र प्रभावशाली गर्भनिरोधकका रूपमा गर्न सकिन्छ। हालै गरिएका केही प्रयोगबाट यस्तै संकेत मिलेको छ। अमेरिकी शोधकर्ताहरूले २ सय ७० पुरुषमाथि उक्त हर्मोन इन्जेक्सनको प्रयोग गरेका थिए। तीमध्ये ४ जनाका पत्निलेमा गर्भधारण गरे। यो इन्जेक्सनलाई ९६ प्रतिशत प्रभावशाली मानिएको छ।

तर परीक्षण गरिएका मध्ये केहीको अनुहारमा दागहरू देखा परेका छन्। केहीलाई भने बिनाकारण मुड बिग्रने गरेको गुनासो आएको जनाइएको छ। शोधकर्ताहरूले करिब २० वर्षदेखि पुरुष गर्भनिरोधक उपायमा काम गरिरहेका छन्।

उनीहरूको प्रयासबिना कुनै साइड इफेक्ट पुरुषमा शुक्राणु उत्पादन कम गर्नु हो। पुरुषमा शुक्राणुको उत्पादन लगातार हुने गर्छ। यो उत्पादनलाई १ करोड ५० लाख शुक्राणु प्रतिमिलिलिटरबाट झारेर १० लाख प्रतिलिटरमा सिमित गर्न पर्याप्त हर्मोको आवश्यक हुने गर्छ।

जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एन्ड मेटाबोलिज्ममा उक्त परीक्षणको नतिजा प्रकाशित भएको हो। ती पुरुषहरूमा ८ हप्तासम्म दुई हर्मोन प्रोजेस्टेरोन र एक प्रकारको टेस्टोस्टेरनको खोप दिइएको थियो। उनीहरूमाथि हप्तौसम्म निगरानी राख्ने क्रममा उनीहरूको विर्यमा शुक्राणुको संख्या १० लाख प्रतिमिलिलिटरभन्दा न्यून भएको पाइयो।

सोधकर्ता डाक्टर फेस्टिनले पुरुष गर्भनिरोधकका लागि सही मात्रामा सही कुराको प्रयोग पत्ता लगाउने दिशामा यो एउटा महत्त्वपूर्ण कदम भएको बताए।
सेफिल्ड विश्व विद्यालयका एन्ड्रोलोजी प्रोफेसर एलन पेसीले अहिलेसम्म केही न केही कारणबस पुरुष गर्भनिरोधकको व्यवसायिक उत्पादना शुरु गर्न नसेकको पनि बताए।

प्रतिक्रिया दिनुहोस्