प्रधानमन्त्रीका हर्कत



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय स्वामी रामदेवसँग खिचाएका कतिपय तस्वीर निकै आपत्तिजनक देखिएका छन्। प्रचण्ड कुनै पनि ओहदामा नभएको भए सायद कुनै मतलब हुने थिएन होला। तर, उनी अहिले नेपालका प्रधानमन्त्री भएकाले त्यसरी देशबासीको इज्जतसँग खेलवाड नगरेको भए हुन्थ्यो भन्ने धेरैको बुझाई रहेको धरहरा वरपर सुनिएको छ।

उच्च ओहदाका व्यक्तिले आफ्नै ओहदाको मान्छेबाहेक अरूसँग अँगालो मार्ने वा अन्य गतिविधि गर्ने चलन हुँदैन। ‘म जनप्रिय छु जोसँग अँगालो मारे पनि के मतलब’ भन्ने हो भने सबैभन्दा पहिला मुलुकको साझा प्रधानमन्त्री पद त्याग्नुपर्ने हुन्छ। माओवादी अध्यक्ष मात्रै हुँदा उहाँ केहीको हुनुहुन्थ्यो र जे गर्न पनि छुट हुन्थ्यो होला। तर, प्रधानमन्त्री पद भनेको सबैका लागि साझा पद हो। सल्लाहकार महोदयहरू र सुरक्षा निकायका अधिकारीहरूले पनि किन सल्लाह दिन कञ्जुस्याइँ गर्दा रहेछन् ? सल्लाहकार भनेर तलब महिना–महिना दिनमा थाप्ने काम मात्रै त पक्कै होइन होला ? लौन यस्ता हर्कत गर्नुअघि उहाँको नगए पनि देश र जनताको इज्जत जान्छ भनेर कसले सिकाइदिने होला ?

प्रतिक्रिया दिनुहोस्