महिलाको वक्षस्थल विरुद्ध कस्ता कस्ता कानून ?



दुनियाभर केही यस्ता देशहरु प्नि छन् जहाँ महिलाहरुलाई थरीथरीका बन्देज लगाइएका छन् । के तपाइँले यस्तो देशका बारेमा सुन्नुभएको छ जहाँ महिलाहरुको वक्षस्थलमाथि पनि विभिन्न खाले प्रतिबन्ध लगाइएको छ ?

यद्यपि कतिपय पूराना कानूनहरु अहिले कार्यान्वयनमा नहुन सक्छन् र जनता तथा सरकारले नै त्यस्ता कानूनप्रति नजरअन्दाज गरिरहेको हुनसक्छ । तर विश्वका केही देशमा पहिलेदेखि नै कायम महिलाका वक्षस्थ्ल विरोधी केही कानून अनौठा छन् ।

रुसः रुसमा महिलाले टपलेस अर्थात् अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजायँ भोग्नुपर्ने कानून छ ।

मेक्सिकोः मेक्सिकोमा जनताले घरमा बन्दुक राखेमा कारवाही भोग्नु पर्दैन । तर यदि कोही महिलाले सार्वजनिक रुपमा आफ्नो वक्षस्थल देखाएमा ५० यरो बराबरको जरिवाना तिर्नुपर्छ ।

ब्राजिलः दक्षिण अमेरिकी देशहरु अंग प्रदर्शनका लागि धेरै उदार रहेको अनुमान त्यहाँ हुने विभिन्न नृत्य तथा महोत्सवहरुमा गरिने अंग प्रदर्शनबाट गर्न सकिन्छ । तर ब्राजिलमा अंग प्रदर्शन विरुद्ध कडा कानून छ । यदि त्यहाँ कोही महिलाले आफ्नो वक्षस्थल प्रदर्शन गरेमा ३ वर्षको जेल सजाय हुने प्रावधान छ ।

सूडानः सुडानमा आफ्नो वक्षस्थल देखाउने महिलालाई ५० कोर्रा हिर्काइन्छ ।

सिरियाः सिरियामा महिलाहरु हिजाब नलगाएको आरोपमा पनि जेलको हावा खानुपर्छ भने वक्षस्थ्ल देखाउँदा त के होला ? अनुमान पनि गर्न सकिन्न ।

इराकमाः इराकमा वक्षस्थल प्रदर्शन गर्ने महिलाहरुलाई कुटपिट गरिन्छ र जेलमा हालिन्छ ।

युएइः आफ्नो वक्षस्थ्ल सार्वजनिक रुपमा देखाउने महिलालाई युएइमा ६ महिनाको कैद हुने प्रावधान छ ।

सिंगापुरः यो देश दुनियाभरमा आधुनिकतामा अगाडि छ । तर त्यहाँ यदि कोही महिलाले स्तन देखिने कपडा लगाएमा उनलाई ९० दिनसम्मको जेल सजाय हुने कानून छ ।

प्रतिक्रिया दिनुहोस्