चीनको विरोधका बाबजुद दलाई लामा मंगोलियामा



उलानबाटर, (एजेन्सी) भ्रमण रद्ध गर्न चीनको दबाबका बाबजुद मंगोलिया पुगेका तिब्बती आध्यात्मिक गुरु दलाई लामाले मंगोलियामा हजारौं बौद्धको भेलामा प्रवचन दिएका छन्। मंगोलियाले उसको शक्तिशाली छिमेकीबाट महत्त्वपूर्ण सहायता प्याकेज खोजिरहेको भेला दलाई लामाको विवादास्पद भ्रमण भएको हो।

गान्डान्टेग्चेन्लिन गुम्बामा अनुयायीलाई शनिबार गरेको उक्त सम्बोधनमा दलाई लामाले भौतिकतावादको बारेमा प्रवचन दिएका थिए। ४ दिवसीय उनको यो भ्रमण विशद्ध धार्मिक प्रकृतिको भएको र यसमा उनको कुनै पनि अधिकारीसँग बैठक समावेश नभएको जनाइएको छ।

आइतबार दलाई लामाले चिनियाँ सहयोगमा चिनियाँ कम्पनीले नै निर्माण गरेको विशाल खेलकुद परिसरमा विशेष मन्त्रहरू वाचन गर्ने कार्यक्रम रहेको छ।

उनको यो भ्रमणले भूपरिवेष्ठित मंगोलियाको चीनसँगको सम्बन्धमा तितोपना ल्याउन सक्छ। यसअघि सन् २००२ मा भएको दलाई लामाको भ्रमणलाई लिएर चीनले ऊसँगको सीमा बन्द गरेको थियो भने सन् २००६ मा केही समयका लागि बेइजिङबाट उडान रद्ध गरेको थियो।

चीनको विदेश मन्त्रालयले दलाई लामाको भ्रमण रद्ध गर्नुपर्ने माग गरेको थियो। प्रवक्ता गेंग सुआङले शुक्रबार दलाई लामा राजनीतिक निर्वासनमा रहेको र लामो समयदेखि धार्मिकताको नाममा चीनबाट तिब्बतलाई अलग्याउने उद्देश्यले आफ्नो गतिविधि चलाइरहेको बताएका थिए। सन् १९५९ मा असफल विद्रोहपछि तिब्बतबाट पलायन भएका दलाई लामा भारतमा आश्रय लिएर बसेका छन्।

प्रतिक्रिया दिनुहोस्