राष्ट्रिय परीक्षा बोर्डको तयार भयो संरचना



(ईश्वरराज ढकाल) उच्च माध्यमिक शिक्षा परिषद्लाई राष्ट्रिय परीक्षा बोर्डका रूपमा रूपान्तरण गरी विद्यालय शिक्षाअन्र्तगत सञ्चालन हुने कक्षा १०, ११ र १२ का राष्ट्रिय तहका परीक्षा पद्धतिमा पनि परिवर्तन गरेको छ। ऐनको प्रावधानअनुसार कक्षा १० को परीक्षा क्षेत्रीयरूपमा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। त्यसै गरी विद्यालय शिक्षाको अन्तमा लिइने परीक्षा कक्षा १२ मा मात्र लिइने र यो राष्ट्रिय परीक्षा बोर्ड मार्फत् सञ्चालन गरिनुपर्ने कानुनी व्यवस्था भएको छ। यसबाट विद्यमान अवस्थामा सञ्चालन हुँदै आएका परीक्षा पद्धतिको सञ्चालन तथा व्यवस्थापनमा परिवर्तन गर्नुपर्ने अवस्था शिक्षा ऐनको आठाँं संशोधनबाट सिर्जना भएको छ।

हाल कार्यान्वयनमा रहेको परीक्षा नियन्त्रण कार्यालयको कार्य जिम्मेवारी फरक पर्न गएको छ। हाल कक्षा १० को अन्तमा लिइने राष्ट्रिय परीक्षालाई क्षेत्रीय तहमा सञ्चालन हुने अवस्था सिर्जना भएकाले परीक्षा नियन्त्रण कार्यालयको संरचना परिवर्तन गर्नुपर्ने कानुनी अवस्था छ। तसर्थ यसको पनि संगठन तथा व्यवस्थापन सर्भे अत्यावश्यक हुन पुगेको हो। समितिले शिक्षामन्त्री धनीराम पौडेल समक्ष पेस गरेको प्रतिवेदन।
संक्षेपमा

हाल सङ्घीय संरचनाअनुसार शिक्षा क्षेत्रको समग्र संगठनात्मक ढाँचा तयारीको क्रममा रहेको हुँदा हालको कर्मचारीको व्यवस्थापन तथा न्यूनतम दरबन्दी कायम हुने गरी संगठन तथा व्यवस्थापन गर्न सान्दर्भिक हुने।

अझै केही वर्ष कक्षा १० को परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि राष्ट्रिय परीक्षा बोर्डका क्षेत्रीय (प्रादेशिक) कार्यालयहरू सक्षम हुन समय लाग्ने अवस्थासमेतलाई ध्यानमा दिई हालको परीक्षा नियन्त्रण कार्यालयलाई कक्षा १० को क्षेत्रीय स्वरूपको परीक्षा सञ्चालन तथा व्यवस्थापनको कार्य गर्ने गरी जिम्मेवारी प्रदान गर्ने।

राष्ट्रिय परीक्षा बोर्डमा रहने परीक्षा नियन्त्रण कार्यालयलाई छुट्टै कार्यालयको रूपमा व्यवस्थित गर्ने र परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यका लागि कार्यगत स्वतन्त्रता प्रदान गर्ने।

कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेसन कार्य गर्ने र सो नम्बर कक्षा १२ सम्म एउटै कायम गर्ने।

हाल जिल्ला शिक्षा कार्यालयमा रहेको परीक्षा शाखाले नै राष्ट्रिय परीक्षा बोर्डको सबै कार्यहरू सम्पादन गर्ने। शिक्षा मन्त्रालयको संगठन तयारी गर्दा यसलाई समावेश गर्न उपयुक्त हुने।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत दुई वटा परीक्षा नियन्त्रण कार्यालयहरू राख्न उपयुक्त हुने। यी कार्यालयहरूले बोर्डको नीति निर्देशमा रही कक्षा १० र कक्षा ११, १२ को परीक्षा सञ्चालन हुने गरी संगठन तथा व्यवस्थापन गर्दा उपयुक्त हुने। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा ११, १२ र परीक्षा नियन्त्रण कार्यालय कक्षा १०।

हाल कार्यरत कर्मचारीहरूबाट नै सञ्चालन तथा व्यवस्थापन हुन सक्ने गरी संगठन संरचना व्यवस्थित गर्दा उपयुक्त हुने र पछि सङ्घीय संरचनाको खाका तथा स्वरूप तय भएपछि सोहीअनुसार हालको संरचनालाई पुनः मिलान गर्ने।

अव व्यवस्थित हुने संगठन संरचनाका लागि अत्यावश्यक कर्मचारीहरूको व्यवस्थापन गर्दा सङ्घीय स्वरूप आउने क्रममा रहेको र हाल नयाँ दरबन्दी स्वीकृत हुने अवस्था नरहेको सन्दर्भ समेतलाई ध्यानमा राखी शिक्षा मन्त्रालयअन्तर्गतका सहसचिव तथा उपसचिवहरूको दरबन्दी मन्त्रालयमा पुलमा राखी राष्ट्रिय परीक्षा बोर्डमा काजमा पठाउने गरी नयाँ संगठन तथा व्यवस्थापन सर्भेले प्रस्ताव गरेका नयाँ दरबन्दीको अस्थायी व्यवस्थापन गर्ने।

नीतिगत व्यवस्थापन
साविकको उच्च माध्यमिक परिषद् (हाल रूपान्तरित राष्ट्रिय परीक्षा बोर्ड) मा कार्यरत सबै तहका कर्मचारीहरूको पदस्थापनाराष्ट्रिय परीक्षा बोर्ड, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, जिल्ला शिक्षा कार्यालय र गरिनेछ।

नपुग हुने कर्मचारीको हकमा शिक्षा मन्त्रालयले मन्त्रालयका कर्मचारीहरूलाई मन्त्रालयमा पुल दरबन्दी कायम गरी काजमा खटाइनेछ र सेवा करार लिने पदको हकमा सेवा करारमार्फत् कर्मचारीको व्यवस्थापन गरिनेछ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत दुई वटा परीक्षा नियन्त्रण कार्यालयहरू रहनेछन्। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र परीक्षा नियन्त्रण कार्यालय कक्षा १२। दुवै कार्यालयहरू परीक्षा बोर्डको नीति तथा निर्देशनमा रही परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि स्वतन्त्र हुनेछन्।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ ले बोर्डको परीक्षा नीतिमा आधारित भई कक्षा ११ ( पाठ्यक्रम पुनर्संरचित नहुँदासम्म) र १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ। पाठ्यक्रमको पुनव्र्यवस्थापन भई सकेको अवस्थामा कक्षा ११ को परीक्षा राष्ट्रियरूपमा सञ्चालन हुनेछैन।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतका क्षेत्रीय (प्रादेशिक) कार्यालयहरू पूर्णरूपमा व्यवस्थित नहुँदासम्म राष्ट्रिय परीक्षा बोर्डको नीति निर्देशनमा रही कक्षा १० को क्षेत्रीय परीक्षाको प्रश्नपत्र, उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण, नतिजा प्रकाशन तथा प्रमाण पत्रको व्यवस्थापन कार्यसमेत गर्नेछ। हालको परीक्षा नियन्त्रण कार्यालयले नै यो कार्यसम्पादन गर्नेछ। यसका लागि आवश्यक बजेट तथा अख्तियारी राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराउने छ। हाललाई यो कार्यालयको सञ्चालन तथा व्यवस्थापन निजामती सेवाअन्तर्गतका शिक्षा सेवाका कर्मचारीहरूबाट गरिनेछ।

आगामि आव २०७४ को लागि (कक्षा १०, ११ तथा १२ समेतलाई हुने गरी) कक्षा ९ मा गरिने रजिस्ट्रेसन तथा कक्षा १०, ११ र १२ को परीक्षा आवेदन फाराम भर्दा लाग्ने राजस्व दस्तुर राष्ट्रिय परीक्षा बोर्डको खातामा जम्मा गरिने छ। आगामि आव २०७४ देखि सञ्चालन हुने कक्षा १० को परीक्षासम्बन्धी सबै खर्च राष्ट्रिय परीक्षा बोर्डले व्यवस्थापन गर्नेछ।

नेपाल सरकार सङ्घीय संरचनाअनुसार संगठन तथा कर्मचारीहरूको खाका तयारीको क्रममा रहेको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सङ्घीय संरचनाभन्दा अलग कुनै पनि पद तथा संरचना थप स्वीकृत नगरिने स्पष्ट निर्देशन भएको अवस्थामा यो संगठन तथा व्यवस्थापन सर्भेका आधारमा प्रस्ताव गरिएका पदहरूपछि संघीय स्वरूपअनुसार समायोजन हुने गरी हाल शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा सेवामा कार्यरत निजामती कर्मचारीलाई मन्त्रालयमा पुल दरबन्दी कायम गरी काजका रूपमा कार्य जिम्मेवारी प्रदान गरिनेछ।

हाल परीक्षा बोर्डमा सहसचिवसरहको अधिकृत कर्मचारी १ जना मात्र कार्यरत रहेको र बाँकी ६ दरबन्दी रिक्त रहेको अवस्था छ। उक्त स्वीकृत दरबन्दी तत्काल परिपूर्ति गर्न पर्ने अवस्था देखिन्छ। अतः उक्त दरबन्दीअनुसार पदपूर्ति कार्य प्रक्रिया अगाडि बढाइनेछ। यस संगठन तथा व्यवस्थापन सर्भेअनुसार थप हुने ४ वटा सहसचिवको दरबन्दीको हकमा शिक्षा सेवाका कर्मचारीहरू (सहसचिव तथा उपसचिवलाई) काजमा पठाई कार्य व्यवस्थापन गरिनेछ।

हाल सञ्चालनमा रहेको परीक्षा नियन्त्रण कार्यालयले राष्ट्रिय परीक्षा बोर्ड क्षेत्रीय (प्रादेशिक) कार्यालय परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि पूर्णरूपमा सक्षम नहुँदासम्म परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले कक्षा १० को परीक्षा सञ्चालन गर्नेछ। यो कार्यालय राष्ट्रिय परीक्षा बोर्डको नीतिगत निर्देशनमा रही परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि पूर्णरूपमा स्वायत्त हुनेछ। हालको संरचनामा अतिरिक्त कर्मचारी थप नहुने गरी पुनर्संरचित गरी परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्य गरिनेछ। राष्ट्रिय परीक्षा बोर्डका क्षेत्रीय (प्रादेशिक) कार्यालयहरू सक्षम भएपछि हालको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को पुनर्संरचना गरिनेछ।

हालसम्म विदेशी परीक्षा बोर्डबाट कक्षा १२ सम्मको परीक्षा उत्तीर्ण भई नेपालमा उच्च शिक्षा अध्ययन वा अन्य प्रयोजनका लागि समकक्षता प्रदान गर्न आवेदन दिने व्यक्तिहरूको समकक्षता पाठ्यक्रम विकास केन्द्रबाट हुनेछ।

हाल विभिन्न कारणबाट छानविनको दायरामा परेका विदेशी परीक्षा बोर्डबाट जारी कक्षा १२ को परीक्षाको प्रमाणपत्रहरूको सत्यापन वा प्रमाणीकरण कार्य तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट विदेशस्थित सम्बन्धित परीक्षा बोर्डमा गई प्रमाणीकरण गरिँदै आएकोमा अब राष्ट्रिय परीक्षा बोर्डले त्यस प्रकारको जिम्मेवारी वहन गर्नेछैन। तर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, विशेष अदालत वा अन्य कानुनी निकायबाट छानविनका व्रmममा सहयोग मागी आएको अवस्थामा बोर्ड। पाठ्यक्रम विकास केन्द्रले सम्बन्धित कर्मचारी खटाउन
सक्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डमा ठूलो संख्यामा अस्थायी कर्मचारीहरू कार्यरत रहेको अवस्था देखिन्छ। परीक्षा जस्तो सम्वेदनशील क्षेत्रमा यसरी अस्थायी कर्मचारीलाई काममा लगाइरहनुपरीक्षाको गोप्यता, विश्वसनीयता तथा प्रभावकारिताको पक्षबाट पनि सान्दर्भिक देखिँदैन। यसको शीघ्र व्यवस्थापन जरुरी देखिन्छ। अतः ऐनको दफा ४ ड, उपदफा ४ अनुसार तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्मा कम्तीमा एक वर्ष निरन्तर अस्थायी सेवा गरिरहेका कर्माचारीहरूलाई एक पटकका लागि स्थायी पदपूर्ति गर्न प्रतियोगितात्मक परीक्षा सञ्चालन गरी सहभागी हुन पाउने अवसर प्रदान गर्ने। उक्त परीक्षामा सफल हुन नसक्नेको अस्थायी कर्मचारीहरू स्वतः अवकास प्राप्त सहर हुनेछन्। यस्ता कर्मचारीको हकमा बोर्डले प्रचलित अभ्यासअनुसारको सुविधा दिनका लागि सिफारिस गरी शिक्षा मन्त्रालयमा स्वीकृतिका लागि पठाउने व्यवस्था गर्नेछ।

राष्ट्रिय तथा क्षेत्रीय परीक्षाका रूपमा सञ्चालित हुने परीक्षाको उत्तर पुस्तिकाको कोडिङ, डिकोडिङ गरी परीक्षण तथा सम्परीक्षण गर्ने कार्य सम्बन्धित परीक्षण गराउने काम केन्द्र रहने जिल्ला शिक्षा कार्यालय। शाखा कार्यालयको हुनेछ।

कक्षा १० को व्यवस्थापन

हाल कार्यरत परीक्षा नियन्त्रण कार्यालयको नाम माध्यमिक शिक्षा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० कायम गरी कक्षा १० को क्षेत्रीय परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्य जिम्मेवारी तोकिनेछ। यो कार्यालयले राष्ट्रिय परीक्षा बोर्डको नीति निर्देशनमा रही कार्य सम्पादन गर्नेछ। यसले कक्षा १० को क्षेत्रीय परीक्षासम्बन्धी सम्पूर्ण कार्यहरू सम्पादन गर्नेछ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका क्षेत्रीय (प्रादेशिक) कार्यालयहरू संस्थागत तथा सक्षमतागत रूपमा कक्षा १० को क्षेत्रीय परीक्षा सञ्चालन गर्न सक्षम नहुँदासम्म यो कार्यालयले कक्षा १० को परीक्षासम्बन्धी कार्यहरू सम्पादन गर्नेछ। यो कार्यालय कक्षा १० को परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि स्वतन्त्र हुनेछ।

हाल कक्षा १० को परीक्षा परिवर्तित शिक्षा ऐनअनुसार राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका क्षेत्रीय कार्यालयहरूबाट सम्पादन गर्नुपर्ने कानुनी प्रावधान छ। यस प्रकारको प्रावधान कार्यान्वयनका लागि क्षेत्रीयरूपमा संगठनात्मक विकास तथा विस्तार गरी तत्काल क्षेत्रीय परीक्षा व्यवस्थापन गर्न सक्ने सम्भावना देखिँदैन। अतः हालको परीक्षा नियन्त्रण कार्यालयलाई तात्कालीन कार्य व्यवस्थापन गर्ने गरी अस्थायीरूपमा सांगठनिक व्यवस्थापन गर्न अत्यावश्यक देखिएकाले देहायअनुसारको सांगठनिक व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ। पछि परीक्षा बोर्डका प्रादेशिक कार्यालयहरूको पूर्णरूपमा व्यवस्थापन भएपछि मात्र राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत प्रस्ताव गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को संरचना कार्यान्वयनमा जानेछ।

निष्कर्ष

समितिले प्रस्ताव गरेअनुसार नै राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत दुई वटा छुट्टै कार्यालयका रूपमा परीक्षा नियन्त्रण कार्यालयहरू रहने गरी संगठन तथा व्यवस्थापन सर्भेले प्रतिवेदनलाई अन्तिम रूप प्रदान गर्ने। परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० रहने व्यवस्था गर्ने। क्षेत्रीय⁄प्रदेश कार्यालयहरू सक्षम भइसकेपछि कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले क्षेत्रीयस्तरबाट सञ्चालन हुने परीक्षा हस्तान्तरण भई सो कार्यालयको पुनः संगठन सर्भेका आधारमा व्यवस्थापन गर्ने।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० को परीक्षा सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण कार्य सम्पादन गर्न र कक्षा ११ र १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यलाई सहजीकरण गर्न सात ठाउँमा क्षेत्रीय⁄प्रदेश कार्यालयहरू खोल्ने गरी समितिले गरेको प्रस्तावअनुसार नै कार्यालय खोल्ने। परीक्षार्थीलाई बढी सहजता प्रदान हुने गरी कार्यालयको व्यवस्थापन गर्ने। हाल क्षेत्रीय कार्यालयका रूपमा क्षेत्र नं. १ विराटनगर, क्षेत्र नं. २, जनकपुर, क्षेत्र नं. ३ काठमाडौं, क्षेत्र नं. ४ पोखरा, क्षेत्र नं. ५ दाड, क्षेत्र नं. ६ सुर्खेत र क्षेत्र नं. ७ मा धनगढी रहने गरी कार्यालयको व्यवस्थापन गर्ने। यसको अतिरिक्त क्षेत्रीय⁄प्रदेश कार्यालयहरूलाई सहयोगी भूमिका निर्वाह गर्न र विभिन्न जिल्लाहरूको समन्वय गर्न जिल्लास्तरका थप तीन वटा कार्यालयको व्यवस्थापन गर्ने। यी तीन वटा कार्यालयले शाखाले गर्ने सरहको काम गर्ने।

क्षेत्रीय⁄प्रदेश कार्यालयहरूको नेतृत्व सहसचिव सरहको कर्मचारीबाट गर्ने गरी कर्मचारी व्यवस्थापन गर्ने र शाखा कार्यालयको नेतृत्व उपसचिवस्तरका कर्मचारीबाट गर्ने। उल्लिखित नेतृत्व तत्काल पदपूर्ति नहुँदासम्म हाल शिक्षा मन्त्रालयअन्तर्गतका वरिष्ठतम उपचिव वा परीक्षा बोर्डका वरिष्ठतम उपसचिव सरहको पदमा कार्यरत कर्मचारीलाई क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको जिम्मेवारीमा खटाउन सकिने प्रावधान राख्ने र जिल्लास्तरका कार्यालयका लागि उपसचिवस्तरका कर्मचारीलाई आवश्यकता र मागका आधारमा मन्त्रालयले काजमा खटाउने।

परीक्षा बोर्डअन्तर्गतका हाल सञ्चालनमा रहेका शाखा कार्यालयहरूमध्ये शाखा कार्यालय सिरहालाई क्षेत्रीय⁄प्रदेश कार्यालय जनकपुरमा समायोजन गर्ने।
क्षेत्रीय⁄प्रदेश कार्यालय काठमाडौंको मातहतमा रहने गरी हेटौंडामा शाखा कार्यालयबाट कार्य सञ्चालन गर्ने। बोर्डका क्षेत्रीय कार्यालयहरू परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि पूर्णरूपमा सक्षम नहुँदासम्म कक्षा १० को क्षेत्रीय परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट राष्ट्रिय परीक्षा बोर्डको नीतिगत निर्देशनमा रही परीक्षासम्बन्धी सम्पूर्ण कार्यहरू गर्ने।

कक्षा ९ मा मात्र एक पटक विद्यार्थी रजिस्ट्रेसन गर्ने, तर अन्य मुलुकबाट भर्ना हुन आएका विद्यार्थीको हकमा बोर्डले कक्षा १० वा ११ मा आवश्यक प्रक्रिया पूरा गरी रजिस्ट्रेसन गर्ने व्यवस्था मिलाउन सक्नेछ। कक्षा ११ को राष्ट्रिय परीक्षा हाल कार्यान्वयनमा रहेको कक्षा ११ र १२ को पाठ्यक्रम पुनव्र्यवस्थापन नहुँदाको अवस्थासम्म मात्र सञ्चालन गर्ने र परिमार्जित पाठ्यक्रमअनुसारको परीक्षा सञ्चालन गर्दा कक्षा ११ विद्यालय तहबाटै र कक्षा १२ राष्ट्रिय परीक्षाका रूपमा परीक्षा बोर्डले सञ्चालन गर्ने।

हालको परीक्षा नियन्त्रण कार्यालयलाई प्रस्ताव गरेअनुसारको संगठन तथा कर्मचारी व्यवस्थापन गरी बोर्डका क्षेत्रीय⁄प्रदेश कार्यालयहरू सक्षम नहुँदासम्म सञ्चालनमा ल्याउने।

प्रतिक्रिया दिनुहोस्