प्रजातान्त्रिक परिपाटी ?



राजनीतिक पार्टीको रमाइलो भागबण्डा देखेर धरहरा पनि चकित खाएको छ। मंगलबार यसले पोखरातिर ध्यान केन्द्रित गर्दा तरुण दलको नेतृत्वको बारेमा रमाइलो गाइगुइँ सुन्यो। त्यस संगठनको नयाँ नेतृत्व कसरी चयन भयो भन्ने बारेमा त्यहाँ तरुणहरु नै चर्चा गर्दै रहेछन्। उनीहरुले चयन भएको नयाँ नेतृत्वभन्दा पनि को नेताबाट कुन पदका मानिसलाई आशीर्वाद प्राप्त भएको हो भनेर यसरी चर्चा गरेको सुनियोः

अध्यक्षः शेरबहादुर देउवा
उपाध्यक्षः कृष्णप्रसाद सिटौला
महासचिवः रामचन्द्र पौडेल
कोषाध्यक्षः खुमबहादुर खड्का
प्रजातान्त्रिक पार्टीको प्रजातान्त्रिक परिपाटीमा कसैले औंला ठड्याउन पनि मिलेन। के भन्ने र खोई? कि कसो कांग्रेसजन?

प्रतिक्रिया दिनुहोस्