मोर्सीको मृत्युदण्ड रोक्का



hands of a prisoner on prison bars

कायरो, (एजेन्सी) इजिप्टको उच्च अदालतले मंगलबार अपदस्थ गरिएका इस्लामिक राष्ट्रपति मोहमद मोर्सीविरुद्ध सुनाइएको मृत्युदण्ड उल्टाएको छ। मोर्सीलाई सन् २०११ मा भएको जनआन्दोलन दौरान सामूहिकरूपमा जेल तोडेर भाग्ने काममा संलग्नता रहेको अभियोगमा यसअघि मृत्युदण्ड सुनाइएको थियो।

सन् २०१२ मा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षपछि नै उनीविरुद्ध जनताले सडक प्रदर्शन गर्न थालेपछि उनलाई सेनाले अपदस्थ गरेको थियो। आतंकवादसम्बन्धी अर्को अपराधको अभियोगमा छुट्टै आजीवन कारवास सजाय पाइसकेका मोर्सीविरुद्ध अन्य अभियोगको सिलसिलामा पनि मुद्धा चलिरहेको छ। हिजोको अदलती रुलिङको कारण अब उनीविरुद्ध जेल तोडेको अभियोगमा पुनः मुद्धा चलाइनसक्ने अनुमान गरिएको छ।

उक्त उच्च अदालतले मोर्सीको प्रतिबन्धित पार्टी मुस्लिम ब्रदरहुड मुभमेन्टका अन्य पाँच जना नेतालाई दिइएको मृत्युदण्ड पनि रोकेको छ।

प्रतिक्रिया दिनुहोस्