विश्वमा झण्डै ४२ करोड मानिसहरूमा मधुमेह



Lobanov Dmitry +79060745525

(भगवती तिमल्सिना) सर्ने भन्दा नसर्ने रोग बढ्दै गएको अवस्थमा विश्वभरि नोभेम्बर १४ का दिन विश्व मधुमेह दिवस विविध कार्यक्रम गरेर मनाइयो। नेपालमा पनि तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने समस्याका बारेमा जनचेतना मुलक अभियानका साथै प्रभात फेरि कार्यक्रममको आयोजना गरेको थियो। त्यसैगरि प्रतिष्ठानले दिवसका अवसरमा साताव्यापी कार्यक्रम गरि सेवा समेत प्रवाह गरेको थियो। त्यस्तै अल्का अस्पतालले सहुलियत दरमा मधुमेह परिक्षण शिविर संचालनमा ल्याउनुका साथै जनचेतना मुलका कार्यक्रम गरेको थियो। साथै नेपालमा रहेका सरकारी तथा नीजि अस्पताल तथा संघ संस्थाहरूले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि दिवस मनाएका छन्।

विशेष गरि खानपान र शहरी बसाई, जंकफुड, तयारी खाना, चिल्लो र मसलेदार खाना, शारिरीक व्यायाममा भएको कमी र बसेर गर्ने काममा बृद्धि भएकै कारण मोटो पन बढ्नुका साथै मधुमेहका बिरामीको संख्यामा बृद्धि भएको मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी बताउँनुहुन्छ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा हाल करिव ४१ करोड ५० लाख मानिसहरू मधुमेहका रोगी भएको देखाएको छ। प्रत्येक २ मध्ये १ जना मधुमहको बिरामी आफुलाई मधुमेह छ भन्ने थाहा नै छैन। मधुमेह रोगको रोकथामको प्रचार तीव्र गर्ने उद्देश्यका साथ सन् १९९१ मा विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय मधुमेह महासंघले नोभेम्बर १४ तारिखलाई विश्व मधुमेह दिवसको रूपमा मनाउँदै आइरहेको छ।

नेपालमा अहिले ९ लाख भन्दा बढी मानिसहरूमा मधुमेह भएको अनुमान गरिएको छ। तथ्यांक अनुसार विश्वमा प्रत्येक १० सेकेण्डमा एक जना व्यक्ति मधुमेहको विरामी बन्ने गरेका छन् भने एकजना भन्दा बढिको मधुमेहजन्य रोगको समस्याकै कारण मृत्युहुने गरेको छ। सन २०१५ मा विश्वभरमा ५० लाख मानिसको मधुमेहरोगका कारण मृत्यू भएको अन्तराट्रिय मधुमेह महासंघले जनाएको छ।

मधुमेह कति किसीमका हुन्छन ?
मधुमेह २ किसिममा विभाजन गरेको पाइन्छ। यसमा पहिलो किसिमको मधुमेह हुँदा शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कमहुन्छ र रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुनेकुरा चिकित्सकहरू बताउँछन्। यस्ता बिरामीलाई इन्सुलिन चाहिने भएकाले जिवनभर इन्सुलिनमा आश्रित हुन्छन्। जुनसुकै उमेरमा देखापर्न सक्ने भएतापनि यस्तो मधुमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा शुरु हुने र दुब्लोपातलो मानिसमा बढी देखिने गर्दछ।

दोसा्रे किसिमको मधुमेह शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहँुदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई दोसा्रे किसिमको मधुमेह भनिन्छ। यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकता अनुसार खाने औषधि र कहिलेकाही इन्सुलिनको पनि आवश्यकता पर्न सक्दछ। यस्तो मधुमेह सामान्यतया ४० बर्षको उमेरपछि प्रायःमोटाघाटा व्यक्तिहरूमा देखापर्ने गरेको चिकित्सकहरू बताउँछन् रगतमा चिल्लोपना कसरी घटाउने ?

नियमित शरिरबाट पसिना छुट्ने गरि आधा घण्टा देखि १ घण्टा सम्म व्यायाम गर्ने। शारिरीक परिश्रम हुने खालका करेसा बारीको काम गर्ने। शरिरको लागि आवश्यकता अनुसार आराम गर्ने गर्नाले शरिरमा चिल्लोपना कम हुने र उच्च रक्तचाप तथा मधुमेहको समस्यामा कमी ल्याउन मदत मिल्छ।

स्वास्थ्य परिक्षण गर्दा के के मा ध्यान दिने ?
रगतमा सुगरको मात्रा, तौल, उच्च रक्तचाप, आँखाको नानी फुलाएर हेर्ने, खुट्टा फुटेको, घाऊ, चोटपटक लागेको, पिसाब, रगत चिकित्सकको सल्लाह अनुसार, मृगौला परिक्षण, रगतमा भएको बोसोको मात्राको नियमित जाँचगर्ने गर्नुपर्छ। यसका साथै चिकित्सकको सल्लाह अनुसार थप मुटु, कलेजो, दाँत, छालाको पनि परिक्षण गर्नु उपयुक्त हुने चिकित्सकहरू बताउँछन्।

मधुमेहका बिरामीलाई किड्नीको समस्या छिटो हुने हुनाले परिक्षणका साथै धेरै कडा खालको पेनकिलर जस्ता औषधिको सेवन गर्नुपनि मधुमेहका बिरामीलाई घातक हुनसक्छ। मधुमेहको उपचार निकै जटिल भएकाले अनुमानका भरमा र सिकारु चिकित्सकको भरमा उपचार गर्नु हुन्न र विज्ञ चिकित्सकको निरन्तर सल्लाह र सुझावको आधारमा मात्र औषधि सेवन गर्नुपर्छ। यतिमात्र नभै यदि झाडापखाला लागेमा ग्लुकोजरहित पुर्नजलिय उपचार गर्नुपर्छ। कतिपय अवस्थामा मुखबाट खाने चक्की औषधिले काम नगरेको खण्डमा तत्काल विशेषज्ञ चिकित्सकको सल्लाह लिएर इन्सुलिन लिनुपर्ने समेत हुन सक्छ।

कस्तो कस्तो अवस्थामा रगतमा चिनीको मात्रा कम हुन्छ ?
भर्खर जन्मेका बच्चाहरूमा, कुपोषित अवस्थामा, चिनी रोगको उपचार गराइरहेका व्यक्तिहरूमा, औलो ग्रसित बच्चाहरूमा। साथै थोरै खाएर यात्रा गर्नेहरूमा बढी हुने गर्दछ, भने धेरै शारीरिक परिश्रम गर्ने, गर्मी ठाँउमा बस्ने, रक्सी खाने, तनावमा रहनेहरूलाई कहिले कही तुरुन्त उपचार गर्नुपर्ने पनि हुन सक्छ। यसो नगरेको खण्डमा बिरामीको मृत्यु समेत हुन सक्छ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा हाल करिव ४१ करोड ५० लाख मानिसहरू मधुमेहका रोगी भएको देखाएको छ। प्रत्येक २ मध्ये १ जना मधुमहको बिरामी आफुलाई मधुमेह छ भन्ने थाहा नै छैन।

चिनीको मात्रा कम भएको लक्षण के के हुन्छन् ?
अत्यधिक भोकलाग्नु, दिक्क लाग्नु, शरिर काप्नु,रिगटा लाग्नु, मुर्छा पर्नु, पसिना आउनु,पेट दुख्नु, बान्ता हुनु,नवजात शिशुहरूमा मुर्छा पर्ने समेत हुन्छ।

यस्तो अवस्थामा कसरी उपचार गर्ने ?
चिकित्सकको सल्लाह अनुसार नशाबाट वा मुखबाट ग्लुजको मात्रा पठाउने। चिकित्सकको सल्लाहमा औषधि वा इन्सुलिनको मात्रा थप गर्नुपर्ने हुन सक्छ।यस्तै चिनीको मात्रा बढी भएमा शरिरमा चिकित्सकको सललाह अनुसार नर्मल सलाईन (ग्लुकोज रहित) दिनुपर्छ। समय समयमा यो अवस्था गर्भवती र प्रसव अवस्थामा बढी खतरनाक हुने हुदा त्यसतर्फ गम्भिर रूपमा चिकित्सकले ध्यानदिनु पर्ने हुने विश्व स्वास्थ्य संगठनको अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ।

के हो मधुमेह ?

मानिसको रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भई रगतजांच गराउदा चिनीको मात्रा चाहिने भन्दा बढी देखा पर्नुलाई मधुमेह रोग भनिन्छ। यो रोग सरुवा रोग होइन तर मानिसको खानपान र रहनसहनको कारणबाट देखापर्दछ। कुनै–कुनै प्रकारको मधुमेह वंशानुगत पनि हुन्छ।

मधुमेहबाट बच्ने उपायहरू

हरेक दिन कम्तिमा आधि घण्टा पैदल यात्रा या शारिरीक व्यायाम गर्नुका साथै खेल खेल्ने लगायतका क्रियाकलापले मधुमेहका बिरामीहरूलाई लाभ पुग्छ।
मोटोपन कम गर्ने।
हरियो साँग सब्जी, रेशादार खाना खाने।
सूर्तिजन्य पदार्थको सेवन गर्नुहुन्न।
नियमित स्वास्थ्य परिक्षण गर्नुपर्छ।

मधुमेहलाई कसरी नियन्त्रणमा राख्ने ?
मधुमेहको किसिम, बिरामीको अवस्था तथा दैनिक कामको प्रकृतिको अवस्थालाई हेरी उपचार गरिने भएकाले मधुमेहका बिरामीहरू विज्ञ चिकित्सकको परामर्शमा रहनु जरुरी हुन्छ। संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको औषधोपचार गर्नुपर्छ।
मधुमेहका बिरामीले के के खान हुन्छ ?

१ मेवा
२ जैतुनको तेल
३ सिमी
४ दही
५ माछा
६ सुन्तला
७ हरियो सागपात
८ गोलभेँडा
९ फर्सी
१० स्ट्रबेरी, काफल
११ गहुँ
१२ तिते करेला
१३ एक छाक सुख्खा रोटी
१४ एक छाक उसिनेको चामलको भात,
१४ चिनी नहालेको चिया, आदि

साथै कार्बोहाइड्रेटयुक्त खाना कमखाने।
चिल्लो र बोसोयुक्त रातो मासु, अण्डा, ताजा माछा कम खाने।
पर्याप्त ताजा सागसब्जी, बन्दा, काउली, काक्रो, भन्टा, साग, गोलभेडा, मुला, गांजर प्याज र ताजा फलफूल खाने।
झोलिदो पदार्थ बढी खाने।
पानीको मात्रा बढी खाने र नुनको मात्रा कम खाने।
चिया कफी खाँदा चिनीको मात्रा कम खाने।
मधुमेहका बिरामीलाई विशेषगरि रेशायुक्त खानेकुरा गहुं, मकै, कोदो, फापर जस्ता खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। गहँु, मकै, कार्बोहाइड्रेटको मात्रा तुलनात्मक रूपमा कम हुने हुनाले यस्ता खानेकुराको उपयुक्त हुने विज्ञहरूले जनाएका छन्। यसो भनेर भातै खान नहुने भने होइन।
सके सम्म चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुराहरू–चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यु, नौनी, बोसो, तारेको वा भुटेको खानामा कटौति गर्नु उपयुक्त हुन्छ। साथै चुरोट, बिडी,सुर्ति, तमाखु, खैनी, जर्दा आदि सुर्तिजन्य पदार्थहरूको सेवन गर्नुहुन्न। यतिमात्र नभै लामो समय खालीपेट बस्ने र एकैपटक धेरै खानु हुन्न।

मधुमेह रोगका लक्षणहरू के के हुन् ?

मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु।
पटक पटक पिसाब हुनु।
पिसाबको मात्रा धेरै हुनु।
राम्ररी खाना खाए पनि दुब्लाउदै जानु।
भोक धेरै लाग्नु।
बराबर घाउ खटिरा आउनु छिटो निको नहुनु।
शरीर खास गरी गुप्ताङ्ग चिलाउनु।
दृष्टि धमिलो हुनु।
हातगोडा झमझमाउनु आदि लक्षण देखिएको छ भने तत्काल स्वास्थ्य परिक्षण गरि चिकित्सकको सल्लाह अनुसार आहार बेहारमा ध्यान दिएमा यो रोग लागेर आत्तिनु नपर्ने चिकित्सकहरू बताउँछन्।
यस्तो अवस्थामा मधुमेहका बिरामीको रगतमा चिनीको मात्रा धेरै हुने वा कम हुने कारणले बिरामी अचेत समेत हुने गर्दछन्। यस्तो अवस्थामा समयमै चिकित्सकको सल्लाह अनुसार समयमै नियन्त्रण तर्फ नलागेको खण्डमा मधुमेहले शरीरका अति महत्वपुर्ण अंगहरू आँखा, मुटु, मृगौला, दिमाग र रगत तथा स्नायुकानसाहरूमा समेत नराम्रो असर पर्ने गरेको विश्व स्वास्थ्य संगठनको अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्