लामो अन्तरिक्ष बसाइ चन्द्रमामा मानव पुर्याउने अभियानको थालनी



बेइजिङ, (एजेन्सी)
चीनले सोमबार मध्य गोबी मरुभूसमिबाट दुई जना ‘टाइकोनट’ अन्तरिक्ष यात्रीसहित एउट अन्तरिक्ष यानलाई अन्तरिक्षमा पठायो। मंगलबार उक्त यान चीनको परिक्षणात्मक अन्तरिक्ष प्रयोगशाला तियानगोंग–२ सँग मिलान गरियो र यानमा रहेका दुई अन्तरिक्ष यात्रीले उक्त प्रयोगशालामा प्रवेश गर्दै त्यहीँबाट चीनियाँ जनतालाई अभिवादन गरे।
चीनको अहिलेसम्मकै सबैभन्दा लामो ३० दिने अन्तरिक्ष बसाइका लागि अन्तरिक्षमा पुगेका ती दुई यात्रीले उपकरणहरूको परीक्षण, मर्मत गर्ने अभ्यास, बिरुवा उमार्ने, तथा अन्तरिक्ष वातावरणले तिनीहरूको शरीरमा पुर्याउने प्रभावबाट आफूलाई कसरी व्यवस्थित गर्नेलगायत विभिन्न परीक्षण गर्नेछ।
तियानगोंग–२ एउटा शिशु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस) हो। यो आइएसएसको जस्तो अत्याधुनिक प्रविधि वा बहुराष्ट्रिय सहभागिताबाट बञ्चित छ। तर यो अर्को दुई वर्षमा विकसित अन्तरिक्ष केन्द्र प्रक्षेपण गर्ने चीनको योजनाका लागि गरिएको प्राविधिक परीक्षण हो। उक्त केन्द्र धेरै समयका लागि स्थायी र ८० को दशकमा तात्कालीन सोभियत संघको अन्तरिक्ष केन्द्र मिरको आकारको हुनेछ। यद्यपि तियानगोंग–२ चन्द्रमामा मानव शिविर बनाउने चीनको दीर्घकालीन योजनाको महत्त्वपूर्ण हिस्सा हो। यसले चीन अन्तरिक्ष महाशक्तिको टेबुलमा पुगेको कुरालाई नकार्न नसकिने अवस्था पुर्याएको छ।
चीनले १९७० को दशकसम्म पनि उसको पहिलो भू–उपग्रह प्रक्षेपण गर्न सकेको थिएन। ९० दशकको पूर्वाद्धसम्म पनि तिनीहरूले अन्तरिक्ष कार्यक्रमका लागि प्रचुर लगानी गरेका थिएनन्। तर तिनीहरूले त्यतिबेलादेखि नै अमेरिका तथा युरोपबाट त्यसका लागि धरातल बनाइसकेका थिए। देशको अन्तरिक्ष कार्यक्रम शुरुमा प्राविधिक र अन्तरिक्ष यात्रीको तालिमका लागि रुसको आड थियो।
चीनको सेन्झाउ अन्तरिक्ष यान सोभियत संघ, अहिले रुसको सोयुजकै स्वरूपमा छ। तर सेन्झाउमा एउटै सोचबाट विकसित भए पनि त्यसको प्रतिलिपी भने नभएको हार्भर्ड स्मिथसोनिय सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलभौतिक शास्त्री जोनाथान माय्कडोयल बताउँछन्।‘यसको अहिलेको स्वरूपले यो धरै प्रकारले चिनियाँ यान भएको छ।’ चीनको यो अन्तरिक्ष यान ठूलो र धेरै शक्तिशाली छ। यसको मानव मोड्युलमा फरकफरक अभियानका लािग उर्जा उपलब्ध गर्ने सोलार प्यानलको ब्यवस्था छ।
पछिल्लो सेन्झाउ–११ यान सोमबार ग्रिनविच मिन टाइम १९ बजेर २४ मिनेटमा तियानगोंगसँग जोडिएको थियो। चिनियाँ अन्तरिक्ष यात्री जिङ हाइपेङ र चेन डोङ एक महिनासम्म उक्त अन्तरिक्ष केन्द्रमा बस्नेछन्। उक्त चिनियाँ अन्तरिक्ष केन्द्र पृथ्वीबाट ३ सय ९३ किलोमिटरमाथि पृथ्वीको कक्षमा रहेको छ। सरकारी टेलिभिजनले अन्तरिक्ष यान र प्रयोगशाला मिलन प्रक्रियाको सिधा प्रसारण गरेको थियो। उक्त प्रसारणमा ती दुई अन्तरिक्ष यात्री एक मिटर लामो र ८० मिटर चौडाइको मार्गबाट प्रयोगशालामा उपस्थित भएको देखाइएको थियो।
चीनको सरकारी समाचार एजेन्सी सिन्≈वाले दुवै अन्तरिक्ष यात्रीले उक्त अन्तरिक्ष प्रयोगशालाबाट देशका नागरिकलाई अभिवादन गरेका थिए। चीन अन्तरिक्ष सोधलाई लिएर धेरै महत्वाकांक्षी छ। चीनले अन्तरिक्षमा लामो समयसम्म आफ्नो अभियान सञ्चालन गर्ने र मंगलग्रह तथा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने योजना बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्